जनमुक्तिको छैठौं राष्ट्रिय महाधिवेशन धरानमा

 लिम्बुवान न्युज
                       

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो छैठौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्ने भएको छ । जनमुक्तिले भदौं २६ गते धरानको गीत भवनमा महाधिवेशनको उद्घाटन गर्ने जनाएको छ ।

महाधिवेशन सम्पर्क समितिका संयोजक प्रकाश येङ्देनका अनुसार उद्घाटन पश्चात २७ र २८ गते दुईदिनसम्म बन्दसत्र चल्ने छ भने यहि बन्दसत्रबाट नयाँ कार्य समिति चयन गरेर अगाडि बढ्ने बताए ।

वैकल्पिक शक्ति निर्माणका लागि जुटेको राष्ट्रिय जनमुक्ति पार्टी अधिराज्यभरिका ६४ जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहनेछ ।

कोरोना कहरका कारण पटक–पटक सर्दै आएको महाधिवेशन यो पटक भने सम्पन्न गरेर नै जाने संघीय परिषदको ११ औं बैठकले निर्णय गरेको जनाएको छ ।

बैठकमा पूर्व राष्ट्रिय अध्यक्ष एमएस थापाले पार्टीले उठाएको मूलधारको बाटोलाई बढवा गरेर लगे पार्टी तथा कार्यकर्ताको भविष्य उज्वल रहने बताए । जातीय मुक्ति र हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको अस्त्र बोकेर अगाडि बढेको पार्टी भएको हुँदा लक्ष्यमा पुग्न सकिनेमा थापाले जोड दिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...