कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

,   लिम्बुवान न्युज
                       

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

किरात याक्थुङ चुम्लुङ शाखा मार्फत सञ्चालन हुने कुबेर पुर्नवती कन्दङवा स्मृती अक्षयकोषबाट सामुदायीक बिद्यालयमा अध्ययनरत २ जना बिद्यार्थीलाई जनही ३१ हजार १ सय ११ रुपैयाँले सम्मान गरेको छ ।

मचिन्द« मा.बि. सुदापका कक्षा १० मा अध्ययनरत साकिना लिम्बु र रत्न मा.बि सोल्माका कक्षा ९ मा अध्ययनरत छात्रा सबिता तेयुङ लिम्बुलाई जनही नगद ३१ हजार १ सय ११ रुपैयाका दरले ६२ हजार २ सय २२ रुपैया प्रदान गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनहाङले बताएका छन् ।

यस्तै किरात याक्थुङ चुम्लुङ कल्याणकोष ईजरायल छात्रवृति मार्फत सरस्वति आधारभुत विद्यालयमा अध्यनरत रेनुका आपागाई र सिँहबाहिनी आधारभुत विद्यालय फेदाप १ का कोपीला लिम्बुलाई जनही नगद १० हजार प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ अक्षय कोष मार्फत सिहबाहिनी मा.बि. म्याङलुङ्मा अध्यनरत नमित तेयुङ लिम्बु र महेन्द« मा.बि. आठराईमा अध्यनरत सम्झना लिम्बुलाई जनही ४ हजार प्रदान गरिएको छ ।

यस्तै लिम्बु भाषा साहित्य, सास्कृतिक पुरस्कार डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पा चोङबाङ तेयुङ लिम्बुको अक्षयकोषबाट छथर गाउँपालिका ४ का लिम्बु शिक्षक खिनराज ईमेहाङ लिम्बुलाई नगद ३० हजार ५ रुपैयाँ प्रदान गरिएको कियाचु शाखा तेह्रथुमका सहसचिब सेसेहाङ चोङबाङले बताए ।

पुरस्कार वितरण कार्यक्रमको अवसरमा प्रमुख अतिथि डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पाचोङबाङ तेयुङ लिम्बु भाषा साहित्य, साँस्कृतिक अक्षयकोष दाता पुर्णकला तेयुङ लिम्बुले जिल्लामा भाषा संस्कृतीको संरक्षणका लागि स्थापना भएको संस्थाले बिद्यार्थीहरुलाई बार्षिक सहयोग गर्दा जिल्लाको शैक्षिक गुणस्तर सुधार र लिम्बु भाषा, साहित्य र संस्कृतिमा समेत संरक्षण हुने बिश्वास ब्यक्त गरेका थिए ।

३३औ किरात याक्थुङ चुम्लुङको बार्षिक उत्सबको अबसरमा स्थानीय भाषा संरक्षण गर्नुपर्ने भन्दै प्रमुख अथिति तेयुङले बताइन् । यस्तैगरी आदिबासी जनजाति माहासंघ तेह्रथुमका अध्यक्ष बलदेब तुम्बाहाङफे, राष्ट्रिय चुम्लुङका सदस्य कृष्णमान तुम्बाहाङफे, अभिभावकको तर्फबाट दुर्गधन तेयुङ, गंगालाल सेनेहाङ् र मचिन्द« मा.बि. सुदापका प्रधानाध्यापक नेत्र प्रसाद कटेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमका अध्यक्ष गणेश सेनेको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;