वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्ष र धरानका राजनीतिक दलबीच द्वन्द्व बढ्यो

 लिम्बुवान न्युज
                       

धरान/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ ।

प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेको संस्थापन पक्ष मात्र आन्दोलनकारीको विपक्षमा थियो ।

एमाले अध्यक्ष केपी ओली पक्षको कमिटी उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पक्षमा रहदै आएको छ । उक्त कमिटीबाहेक अन्य राजनीतिक दलहरुले भने सुद्धिकरण आन्दोलनको पुर्ण समर्थनमा थियो । तर, पछिल्लो समय आन्दोलन लम्बिदै जादा केही अन्य राजनीतिक दलहरु पनि असन्तुष्ट भएको थियो ।

संघर्ष समितिले हिजो आइतबारदेखि आकस्मिक र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गर्ने घोषणा गरेपछि राजनीतिक दलहरु थप असन्तुष्ट थिए । उनीहरुले सेवा बहिष्कारको आन्दोलन फिर्ता लिन आग्रहसमेत गरेका थिए । तर आन्दोलनरत संघर्ष समितिले सरकारले उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वास्थ्य मन्त्रालयले ६ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सेवा बहिष्कार गरेका छन् ।

त्यसविरुद्ध आज सोमबार एमालेको संस्थापन पक्षको कमिटीसँगै राप्रपा, राप्रपा नेपाल र संघीय लिम्बुवान मञ्च, नेपालले प्रर्दशन गरेको थियो । यी दलका नेता, कार्यकर्ताहरुले उपकुलपति कार्यालयमा संघर्ष समितिले लगाएको ताला तोड्ने क्रममा शिशासमेत फुटाइदिएको छ । यो घटनाले राजनीतिक दल र संघर्ष समितिबीच थप तिक्तता बढाएको छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...