वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्ष र धरानका राजनीतिक दलबीच द्वन्द्व बढ्यो

 लिम्बुवान न्युज
                       

धरान/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ ।

प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेको संस्थापन पक्ष मात्र आन्दोलनकारीको विपक्षमा थियो ।

एमाले अध्यक्ष केपी ओली पक्षको कमिटी उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पक्षमा रहदै आएको छ । उक्त कमिटीबाहेक अन्य राजनीतिक दलहरुले भने सुद्धिकरण आन्दोलनको पुर्ण समर्थनमा थियो । तर, पछिल्लो समय आन्दोलन लम्बिदै जादा केही अन्य राजनीतिक दलहरु पनि असन्तुष्ट भएको थियो ।

संघर्ष समितिले हिजो आइतबारदेखि आकस्मिक र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गर्ने घोषणा गरेपछि राजनीतिक दलहरु थप असन्तुष्ट थिए । उनीहरुले सेवा बहिष्कारको आन्दोलन फिर्ता लिन आग्रहसमेत गरेका थिए । तर आन्दोलनरत संघर्ष समितिले सरकारले उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वास्थ्य मन्त्रालयले ६ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सेवा बहिष्कार गरेका छन् ।

त्यसविरुद्ध आज सोमबार एमालेको संस्थापन पक्षको कमिटीसँगै राप्रपा, राप्रपा नेपाल र संघीय लिम्बुवान मञ्च, नेपालले प्रर्दशन गरेको थियो । यी दलका नेता, कार्यकर्ताहरुले उपकुलपति कार्यालयमा संघर्ष समितिले लगाएको ताला तोड्ने क्रममा शिशासमेत फुटाइदिएको छ । यो घटनाले राजनीतिक दल र संघर्ष समितिबीच थप तिक्तता बढाएको छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...