लिम्बुवान मञ्चको चुलाचुलीमा १ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

चुलाचुली, २१ भदाैं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले चुलाचुली ४ मा १ दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख आतिथ्यतामा चुलाचुली गाउँपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

आज बाटै चुलाचुली ३, ४ र ५ बाट क्रियासिल सदस्यता वितरण पनि मञ्चले शुरु गरेको छ । मञ्चका प्रान्तीय महासचिव लावतीले चुलाचुलीमा क्रियासिल कार्ड वितरणको शुभारम्भ समेत गरेका हुन् ।

प्रमुख अतिथि मञ्चका प्रान्तीय महासचिव लावतीले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने –‘मञ्चले शुरु गरेको पहिचानको मुद्दा स्थापित हुँदै गएको हुँदा अबको पहिचान पक्षको एक मात्र बैकल्पिक शक्तिको रुपमा संघीय मञ्च उभिएको छ ।’ जसपा जस्तो पहिचानको मुद्दा बोकेको पार्टी टुटफुटका कारण जनताहरु निराश भएका छन् ति जनताहरुमा थप उर्जा दिन मञ्चले मेची–महाकाली अभियान शुरु गरेको बताए । त्यसैगरी महासचिवले क्रियासिल कार्ड वितरणलाइ तिब्र बनाउन सबै नेताहरूलाइ अनुराेध गरेका छन् ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय उपमहासचिव दिलकुमार लावतीले संघीयताले मात्र देश विकासको द्रुतगतिमा अघि बढ्ने भन्दै अब पनि जनताले संघीयताको पक्षमा अभिमत नदिने हो भने अझ ५० बर्ष यो देशमा कुनै परिवर्तन हुननसक्ने जिकीर गरे । उनले भने संघीयताले मात्र यहाँको सबै जाती, वर्गहरुलाई समानुपातिक समावेशीताको सिद्धान्त अनुसार अवसरहरु पाउने र देशमा भ्रष्टचार अन्त्य हुने बताए । जबसम्म सबै जाती वर्गहरुको सबै सरकारी निकायहरुमा प्रवेश हुँदै तबसम्म भ्रष्टचार ज्यूकोत्यूँ हुने बताए । पहिचान भनेकै सह–अस्तित्व हो तब मात्र देश समृद्धिको दिशा तर्फ उन्मुख हुने बताए । उनले मञ्चले आगामी पुषकाे दाेस्राे हप्तासम्ममा तेस्राे राष्ट्रिय महाधिवेशन गरिसक्न निर्वाचन आयाेगले निर्देशन दिइ सकेकाे हुँदा मञ्च तिब्र रूपमा प्रान्त, जिल्ला, क्षेत्र, नगर र गाउँपालिका त्यसैगरी वडा अधिवेशन र क्रियासिल सदस्यता वितरणमा सक्रिय भएकाे बताए ।

यसरी नै अर्का उपमहासचिव भानु भट्टराईले ‘मञ्चले चुलाचुलीमा स्थानीय सरकारको प्रतिनिधित्व गर्नुभनेको लिम्बुवानमा विरुवा रोपिनु हो अब यो विरुवाको बेर्ना नौ जिल्ला हुँदै खसानसम्म पु¥याउने कर्तव्य हाम्रो हो’ भने । विगतमा चुलाचुलीले सिंगो लिम्बुवान आन्दोलनमा अग्रणी भूमिका निभाएको हुँदा मञ्चले त्यसप्रति जहिले चुलाचुलीको सम्मान गर्ने बताए । यस्तै अर्का बक्ता प्रान्तीय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव)ले स्थानीय सरकारमा हाम्रो अपनत्व भएतापनि ठूलो दलहरुले सानो दललाई जहिले विभेद गर्ने बताए । विकास निर्माणको नाममा उपेक्षा गरिएको लावतीले बताए । स्थानीय सरकार मार्फत आउने विकास निर्माणमा समेत आफ्नो कार्यकर्ताहरुको घरघरमा सेवा सुविधा दिने जस्ता कामहरु अनुगमनको क्रममा पाइएको हुँदा । अहिलेको जस्तो प्रणालीको सरकारमा भ्रष्टचार कहिल्यै अन्त्य नहुने औल्याए ।

चुलाचुली वडा नं. ३, ४ र ५ लक्षित संयुक्त कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य दिपक आङदेम्बे, पहिचान समिति तथा लिम्बुवान भोलेन्टियर्सका सिनियर कमाण्डर हाइजन लिम्बु, जिल्ला सदस्यहरु सञ्जय लिम्बु, सन्त राई, नरेन्द्र लेक्वा, दुर्गासिं योङ्या लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

लिम्बुवान मञ्च चुलाचुली अध्यक्ष विपीन योङयाको अध्यक्षतामा भएको कार्यक्रममा चुलाचुली ४ का वडाध्यक्ष अमृत राईले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रम मञ्चका प्रान्तीय सदस्य सन्तोष तुम्बापोले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...