पिएनजीमाथि नेपालको संघर्षपूर्ण जित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर/ पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । नेपालले संघर्षपूर्ण खेलमा जित हासिल गरेको छ ।

पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे । उनले ६५ बलमा २ चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले नटआउट २२ रन जोडे । उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो ।

एकदिवसीय खेलमा डेब्यू गर्दै ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए । आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके । यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए भने शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके त्यसैगरी कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए ।

पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । विक्रम शोव र कुशल मल्लले २–२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे ।

पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो ।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्ने जनाइएको छ ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुईं खेल खेलिसकेको छ ।

नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा रहेको छ । (अनलाइन खबरको सहयोगमा)

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...