दुई नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यहरुको सनाखत सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यको सनाखत आज सम्पन्न भएको छ ।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको मितिले २१ दिन भित्र निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई सनाखत गर्न निर्देशन दिए बमोजिम आज अन्तिम सनाखत सकिएको हो ।

प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराएको र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वयम उपस्थित भई सनाखत गर्न आयोगले भने बमोजिम व्यवस्था गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट अलगिएर बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिलाई सनाखतको व्यवस्था गरेको हो ।

जनप्रतिनिधिबाट सनाखत भएको विवरणसहितको प्रमाणित प्रतिवेदन सबै जिल्लाबाट निर्वाचन आयोग जम्मा गरेपछि सबै विवरण सार्वजनिक गरिने आयोगले जनाएको छ । आयोगको अनुसार सबै जिल्लाबाट प्रमाणित प्रतिवेदन आइपुग्न कम्तिमा पाँच सात दिन लाग्न सक्ने जनाएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;