इलाम कांग्रेसमा डम्बर खड्काको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । नेपाली कांग्रेस इलामको अधिवेशन गर्माएको छ । मंगलबार सभापतिका प्रत्यासी युवा तथा सामाजिक व्यक्तित्वको छवि बनाएका नेता डम्बर खड्काले उम्मेद्वारी घोषणा गरेका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनमा इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । नेता खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् ।

खड्काको टिमबाट क्षेत्र नम्बर १ को सभापतिमा भीष्म प्रधान र २ बाट मनबहादुर बुढाथोकीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा हुन बाँकी रहेको सम्मेलनमा बताइएको छ ।

त्यस्तै, स्थानीय तह अन्तर्गत पालिकाहरुमा समेत सभापतिका प्रत्यासीहरुको उम्मेद्वारी घोषणा गरेका छन् । त्यसअतर्गत इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

इलामको १० स्थानीय तह मध्ये अन्य चारवटा पालिकाहरु चुलाचुली, फाकफोकथुम, देउमाई र रोङ्मा सहमतिको प्रयास भईरहेकोले अहिले घोषणा नगरिएको क्षेत्र नं. २ का उम्मेद्वार मानबहादुर बुढाथोकीले बताए ।

प्रत्यासी खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

१४औं महाधिवेशनमा इलाम जिल्ला सभापतिमा कांग्रेसका चारजना नेताहरु आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीनजनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...