बुधबार, २३ भदौ, २०७८ बिहानको ०९:११ बजे,
लिम्बुवान न्युज
माङसेबुङ ।लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगक र लोकप्रिय गायीका सुनिता थेगिमको सुमभुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’ सार्वजनिक गरिएको छ ।
गायक सेमिहाङकै शव्द तथा संगीतमा सजिएको निर्देशक युगल पोमुद्वारा निर्देशित लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’ सेमिहाङ क्रिएसन अफिसियल युट्युव च्यानलबाट मंगलाबर सार्वजनिक गरिएको हो ।
लिम्बू समुदायमा थाङबेन र मेन्छिन मनपरापर भएपछि माया बस्छ र भागेर चोरी विबाह गर्ने संस्कृतिलाई फरक ढंगले प्रस्तुत गरिएको भिडियोमा मौशम इम्बुङ ‘फुलन्देको बाउ’ र रेखा फागोले अभिनय गरेका छन् ।
भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफीमा अनिल कुमार महर्जनको सम्पादन तथा कलरिङ रहेको भिडियोमा कलाकार प्रेम सुब्बा र दिनेश माङमुको समेत अभिनय रहेको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...