लागूऔषध गाँजा सहित बेलामारीमा तीन जना पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, २३ भदौं । मोरङकाे बेलबारीमा लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझा ५ बजे प्रहरीले गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमि गाऊपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई साथबाट १९ केजी ६५० ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ ।

गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद गरे हो ।

पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आएसँगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जना उपर थप इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...