लिम्बुवान मञ्च कानेपोखरीद्वारा क्रियासिल सदस्यता वितरण आजबाट शुरु

 लिम्बुवान न्युज
                       

कानेपोखरी, २३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाले संगठनको क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । मञ्चले पालिकाको वडा नं. ३ बाट सदस्यता वितरण शुरु गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा मोरङ् जिल्ला इन्चार्ज दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा वडाका ९८ जनालाई क्रियासिल सदस्यता वितरण गरिएको थियो । क्रियासिल सदस्यता वितरण कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य थिर बहादुर लावती, जिल्ला अध्यक्ष दिलु लिङ्देन, जिल्ला सदस्य चेतन माझी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

मोरङ् जिल्लामा लिम्बुवानको राजनीतिक गतिविधि अलि तिब्र पारिएको इन्चार्ज लावतीले दावी गरेका छन् । जिल्ला अधिवेशनसँगै आसन्न ३ वटा चुनावहरुलाई लक्षित गर्दै जिल्लामा कार्यक्रमलाई तिब्रता दिईएको उनले वताए । ठूला पार्टीहरुमा फुट र एक अर्कामा दोसारोपण शुरु भएपछि लिम्बुवान जस्तो पहिचानको पक्षमा वकालत गर्दै समानुपातिक समावेशीताको मुद्दालाई केन्द्रित गर्दै राज्य पुनः संरचनाको पक्षमा उभिएको पार्टी अब जनताको घरघरमा पुगेर आफ्नो मुद्दालाई स्थापित गर्न क्रियासिल सदस्यता वितरणलाई जिल्लामा तिब्रता दिएको बताए ।

यसैगरी, आसन्न मोरङ् जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्लाले सबै स्थानीय तहहरुमा तिब्र रुपमा क्रियासिल सदस्यता वितरण शुरु गरिएको जिल्ला अध्यक्ष लिङ्देनले वताइन् । जिल्ला अधिवेशनमा आउने सबै प्रतिनिधि तथा पर्यवेक्षकहरु स्थानीय तहको वडा समितिबाट सिफारिस भएर आउनु पर्ने भएको हूँदा उनीहरुले अनिवार्य क्रियासिल सदस्यता नविकरण वा लिएको हुने पर्ने वताईन् । क्रियासिल सदस्यता नपाएको व्यक्तिले अधिवेशनको प्रतिनिधि भएर बन्दसत्र हलमा प्रवेश हुन नपाउने अध्यक्ष लिङ्देनले वताईन् ।

स्थानीय नेता मञ्चका प्रान्तीय सदस्य थिरबहादुर लावतीले वार्डमा अरु थप सदस्यहरुलाई पनि सक्रिय सदस्यता वितरण गर्दै लाने बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...