विर्तामोडबाट प्रकाशित बिर्ताज्योति साप्ताहिक सातौं वर्षमा

 लिम्बुवान न्युज
                       

बिर्तामोड, भदौ २३ । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिक छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । बिर्तामोड–४ मा कार्यालय रही हरेक मंगलबार प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिक प्रकाशनको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको हो ।

प्रेस काउन्सिल नेपालद्वारा ‘ख’ श्रेणीमा वर्गीकृत बिर्ताज्योति साप्ताहिक झापा जिल्लाभर प्रत्यक्ष विक्री वितरण हुँदै आइरहेको छ भने दष्चतबवथयतष्।अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ पुग्न सफल भएको छ ।

झापाका सिद्धहस्त पत्रकार तीर्थ सिग्देलको प्रकाशकत्व तथा सम्पादकत्वमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक प्रकाशनको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेसँगै नयाँ व्यवस्थापन र नयाँ साजसज्जामा प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

बिर्ताज्योति साप्ताहिकले प्रकाशनको शुरुवातदेखि नै फरक ट्रेण्ड अलग टेस्टको नारा अघि सार्दै प्रत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउन लागीपरेको बताउँदै निरौलाले मोफसलका समाचारका विषयवस्तुलाई प्राथमिकता दिएर आवाजविहीनहरुको आवाज बनेर मोफसलकै सर्वाधिक लोकप्रिय साप्ताहिक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न कठीन परिस्थितिका वावजुत पनि बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनलाई निरन्तरता दिएको बताउँदै उनले आम पाठकवर्ग , विज्ञापनदाता र शुभचिन्तकको साथ र सहयोगले त्यो सफल भएको जनाए ।

यस्तै सहयोग आगामी दिनमा पनि रहनेमा आशावादी रहेको जनाउँदै उनले आम पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तक सबैलाई प्रशंसनीय उत्साह र सक्रियता प्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

यसैबीच बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनको सातौं वर्ष प्रवेशको अवसरमा पत्रकारका विभिन्न संस्थाले बधाई तथा शुभकामना दिएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले जनतालाई सत्य, तथ्य र ताजा समाचार पस्कन बिर्ताज्योति साप्ताहिक संधै सफल रहोस् भन्दै शुभकामना दिएका छन् ।

पछिल्ला बर्षहरुमा देखिएको कोरोना महामारीले पत्रिका प्रकाशन गर्न कठीन भइरहेको यस विषम परिस्थितिमा पनि पत्रिका निरन्तर प्रकाशन गरेर जनतालाई सूसुचित गराउन सफल भएकोमा सम्पादक टीमलाई धन्यवाद दिँदै पत्रिकाको निरन्तरताको लागि नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश १ को तर्फबाट सदैव साथ र सहयोग रहने शुभकामना सन्देशमा उल्लेख छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र सचिव डिकेश लामाले मूलधारका सञ्चारमाध्यमले उठान गर्न नसकेका र नदेखेका विषयवस्तुलाई बिर्ताज्योति साप्ताहिकले उजागर गरेर ग्रामिण पत्रकारिताको विकासमा लागीपरेको भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली सचिव डिल्लीराम घोर्साईंले बिर्ताज्योति साप्ताहिकले समसामयिक, जनचासो, सन्देशमुलक, खोजमुलक, मनोरञ्जनपूर्ण सामग्री प्रकाशन गरेर नमूना साप्ताहिकको रुपमा आफूलाई उभ्याएको भन्दै शुभकामना दिएका छन् ।

त्यसैगरी प्रेस चौतारी नेपाल झापाका अध्यक्ष टीकाराम उप्रेतीले स्थानीय विकृति, विसंगतीविरुद्द आफूलाई उभ्याएर निष्पक्ष स्वतन्त्र र व्यवसायिक पत्रकारितामा भविष्यसम्म अघि वढ्न बिर्ताज्योति साप्ताहिकका सम्पादकटीमलाई शुभकामना दिएका छन् ।

त्यस्तै संघीय पत्रकार मञ्च नेपालका संयोजक दीलकुमार लावतीले नेपालका सवै जाती र वर्गको अपनत्व हुने गरी जातीय छुवाछुत, असमानता, धार्मिक, सांस्कृतिक, भाषिक पक्षमा समावेसी ढंगबाट लेख, रचना, समाचार बिर्ताज्योति साप्ताहिकले प्रकाशन गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै प्रेस नेपाल जिल्ला समिति झापाका अध्यक्ष तथा समदर्शी सञ्चार प्रालिका सञ्चालक देशराज नेम्वाङले धमिलिँदै गएको पत्रकारिता क्षेत्रलाई सङ्लो वनाउँदै पत्रकारिता क्षेत्रलाई ग्रामिण भेगका समस्या र चुनौतिसंग जोड्नका लागि बिर्ताज्योति साप्ताहिक कोशेढुंगा सावित होस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डेले बिर्ताज्योति साप्ताहिक पाठकको चाहना र रुची अनुसार समयसापेक्ष नयाँ शैली र योजनासहित अघि वढ्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै स्वतन्त्र पत्रकार महासंघ झापाका अध्यक्ष नरेन्द्र ढकालले बिर्ताज्योति साप्ताहिकले स्वास्थ्य शिक्षा तथा मानिसको जनजीवनसंग आवश्यक सामग्रीलाई प्राथमिकतामा राख्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्लेले समाज रुपान्तरणको हिस्सेदार बन्दै थप परिस्कृत र पठनीय सामग्री प्रकाशन गर्न बिर्ताज्योति साप्ताहिक सफल वनोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेलले बिर्ताज्योति साप्ताहिकले संधै भुईंमान्छेका पक्षमा पत्रकारिता गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक निरौलाले बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनको सातौं वर्ष प्रवेशको अवसरमा शुभकामना दिने पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा पदाधिकारीलगायत सवैलाई धन्यबाद दिएका छन् ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...