विर्तामोडबाट प्रकाशित बिर्ताज्योति साप्ताहिक सातौं वर्षमा

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, भदौ २३ । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिक छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । बिर्तामोड–४ मा कार्यालय रही हरेक मंगलबार प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिक प्रकाशनको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको हो ।

प्रेस काउन्सिल नेपालद्वारा ‘ख’ श्रेणीमा वर्गीकृत बिर्ताज्योति साप्ताहिक झापा जिल्लाभर प्रत्यक्ष विक्री वितरण हुँदै आइरहेको छ भने दष्चतबवथयतष्।अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ पुग्न सफल भएको छ ।

झापाका सिद्धहस्त पत्रकार तीर्थ सिग्देलको प्रकाशकत्व तथा सम्पादकत्वमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक प्रकाशनको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेसँगै नयाँ व्यवस्थापन र नयाँ साजसज्जामा प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

बिर्ताज्योति साप्ताहिकले प्रकाशनको शुरुवातदेखि नै फरक ट्रेण्ड अलग टेस्टको नारा अघि सार्दै प्रत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउन लागीपरेको बताउँदै निरौलाले मोफसलका समाचारका विषयवस्तुलाई प्राथमिकता दिएर आवाजविहीनहरुको आवाज बनेर मोफसलकै सर्वाधिक लोकप्रिय साप्ताहिक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न कठीन परिस्थितिका वावजुत पनि बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनलाई निरन्तरता दिएको बताउँदै उनले आम पाठकवर्ग , विज्ञापनदाता र शुभचिन्तकको साथ र सहयोगले त्यो सफल भएको जनाए ।

यस्तै सहयोग आगामी दिनमा पनि रहनेमा आशावादी रहेको जनाउँदै उनले आम पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तक सबैलाई प्रशंसनीय उत्साह र सक्रियता प्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

यसैबीच बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनको सातौं वर्ष प्रवेशको अवसरमा पत्रकारका विभिन्न संस्थाले बधाई तथा शुभकामना दिएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले जनतालाई सत्य, तथ्य र ताजा समाचार पस्कन बिर्ताज्योति साप्ताहिक संधै सफल रहोस् भन्दै शुभकामना दिएका छन् ।

पछिल्ला बर्षहरुमा देखिएको कोरोना महामारीले पत्रिका प्रकाशन गर्न कठीन भइरहेको यस विषम परिस्थितिमा पनि पत्रिका निरन्तर प्रकाशन गरेर जनतालाई सूसुचित गराउन सफल भएकोमा सम्पादक टीमलाई धन्यवाद दिँदै पत्रिकाको निरन्तरताको लागि नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश १ को तर्फबाट सदैव साथ र सहयोग रहने शुभकामना सन्देशमा उल्लेख छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र सचिव डिकेश लामाले मूलधारका सञ्चारमाध्यमले उठान गर्न नसकेका र नदेखेका विषयवस्तुलाई बिर्ताज्योति साप्ताहिकले उजागर गरेर ग्रामिण पत्रकारिताको विकासमा लागीपरेको भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली सचिव डिल्लीराम घोर्साईंले बिर्ताज्योति साप्ताहिकले समसामयिक, जनचासो, सन्देशमुलक, खोजमुलक, मनोरञ्जनपूर्ण सामग्री प्रकाशन गरेर नमूना साप्ताहिकको रुपमा आफूलाई उभ्याएको भन्दै शुभकामना दिएका छन् ।

त्यसैगरी प्रेस चौतारी नेपाल झापाका अध्यक्ष टीकाराम उप्रेतीले स्थानीय विकृति, विसंगतीविरुद्द आफूलाई उभ्याएर निष्पक्ष स्वतन्त्र र व्यवसायिक पत्रकारितामा भविष्यसम्म अघि वढ्न बिर्ताज्योति साप्ताहिकका सम्पादकटीमलाई शुभकामना दिएका छन् ।

त्यस्तै संघीय पत्रकार मञ्च नेपालका संयोजक दीलकुमार लावतीले नेपालका सवै जाती र वर्गको अपनत्व हुने गरी जातीय छुवाछुत, असमानता, धार्मिक, सांस्कृतिक, भाषिक पक्षमा समावेसी ढंगबाट लेख, रचना, समाचार बिर्ताज्योति साप्ताहिकले प्रकाशन गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै प्रेस नेपाल जिल्ला समिति झापाका अध्यक्ष तथा समदर्शी सञ्चार प्रालिका सञ्चालक देशराज नेम्वाङले धमिलिँदै गएको पत्रकारिता क्षेत्रलाई सङ्लो वनाउँदै पत्रकारिता क्षेत्रलाई ग्रामिण भेगका समस्या र चुनौतिसंग जोड्नका लागि बिर्ताज्योति साप्ताहिक कोशेढुंगा सावित होस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डेले बिर्ताज्योति साप्ताहिक पाठकको चाहना र रुची अनुसार समयसापेक्ष नयाँ शैली र योजनासहित अघि वढ्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै स्वतन्त्र पत्रकार महासंघ झापाका अध्यक्ष नरेन्द्र ढकालले बिर्ताज्योति साप्ताहिकले स्वास्थ्य शिक्षा तथा मानिसको जनजीवनसंग आवश्यक सामग्रीलाई प्राथमिकतामा राख्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्लेले समाज रुपान्तरणको हिस्सेदार बन्दै थप परिस्कृत र पठनीय सामग्री प्रकाशन गर्न बिर्ताज्योति साप्ताहिक सफल वनोस् भन्दै शुभकामना दिएका छन् ।

त्यस्तै कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेलले बिर्ताज्योति साप्ताहिकले संधै भुईंमान्छेका पक्षमा पत्रकारिता गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक निरौलाले बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनको सातौं वर्ष प्रवेशको अवसरमा शुभकामना दिने पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा पदाधिकारीलगायत सवैलाई धन्यबाद दिएका छन् ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;