एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

,   लिम्बुवान न्युज
                       

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आज विहान ९ः२५ उत्रिएरको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सुरक्षालाई ध्यानमा राख्दै उपाध्यक्ष सुमार लगायत भ्रमण टोलीमा रहेका सदस्यहरु विमानस्थलबाट सिधै कमलपोखरीस्थित मेरियट होटलमा गएका छन् । सुमारको भ्रमणमा विभिन्न दल र नागरिक समाजबाट विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले काठमाडौंमा सुरक्षा व्यवस्थ कडा पारेको छ । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जनाएका छन् ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ । नेपालमा एमसीसीको पक्ष विपक्ष दुईवटै पक्षमा उभिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न नसकेको हुँदा उपाध्यक्ष सुमारको आगमनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यद्यपी उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल, विद्यार्थी संघ संगठनहरु, नागरिक समाज लगायतका संघसंगठनहरुले प्रदर्शन गर्न सक्ने भन्दै बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;