महासंघ पाँचथर शाखाको वेभसाइट सार्वजनिक, ८३ पत्रकारको सामूहिक दुर्घटना विमा

 लिम्बुवान न्युज
                       

फिदिम । नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आफ्नो वेभसाइट बिहीबार सार्वजनिक गरेको छ । फिदिम–१, फाल्गुनन्द चोकस्थित महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले वेभसाइटको उद्घाटन गरेका हुन् ।

महासंघ पाँचथरको अभिलेख, गतिबिधि लगायतका विभिन्न सामाग्री वेभसाइटमा राखिने शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

सार्वजनिक तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि नेम्बाङसँगै प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल, महासंघ, १ नं. प्रदेश समिति उपाध्यक्ष लवदेव ढुंगाना, प्रहरी नायव उपरिक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक किशोरकुमार श्रेष्ठ, शाखा पूर्व अध्यक्ष लेखनाथ खतिवडा र लक्ष्मी गौतमले शुभकामना मन्तब्य राखेका थिए ।

८३ पत्रकारको सामुहिक दुर्घटना बिमा

सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाँचथर शाखामा आबद्ध ८३ जना पत्रकारको सामुहिक दुर्घटना बिमा गरिएको जानकारी दिइएको छ । प्रदेश–१, का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको सहयोगमा शाखाका ८३ जना साधारण सदस्यको ७ लाख रुपैंयाँ बराबरको सामूहिक दुर्घटना बिमा गरिएको अध्यक्ष बाँस्कोटाले बताए । शाखाले काठमाण्डौंको अडोज इन्स्योरेन्ससँग बिमा सम्झौता गरेको जनाएको छ ।

आगामी दुई बर्ष ‘तालिम बर्ष’

वेभसाइट उद्घाटन समारोहकै अवसरमा नेपाल पत्रकार महासंघ, पाँचथर शाखाले आगामी दुई बर्ष ‘तालिम बर्ष’ घोषणा गरेको छ । महासंघले आगामी दुई बर्ष जिल्लाका पत्रकारहरुलाई विभिन्नखाले क्षमता अभिबृद्धि तालिम दिने शाखा सचिव रामचन्द्र तामाङले बताए ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;