एमसीसी सम्झौता संसदबाट पारित गर्ने सरकारको तयारी प्रति साहित्यकार महासंघको आपत्ति

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । अमेरिकी सहायता परियोजना मिलेनियस च्यालेन्ज कार्पेरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न सरकारले तयारी गरेको प्रति आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघले आपत्ति जनाएको छ ।

एमसीसी सम्झौताले मुलुकको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने त्यसैगरी राष्ट्रिय स्वाधीनतालाईनै कमजोर बनाउने सर्तहरु राखेर सम्झौता गर्न लागिएको हुँदा संघले कुराहरु मान्य नहुने महासंघले बताएको हो ।

महासंघका अध्यक्ष राजन मुकारुङले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्– ‘एमसीसी सम्झौताले देशको सार्वभौम सम्पन्न सत्तामाथि ठाडो हस्तक्षेप गर्न खोजिएको र राज्यलाई तहसनहस पार्ने सम्झौतालाई सरकारले पारित गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

अमेरिकाले ‘इस्ट इन्डिया कम्पनी’को शैलीमा नेपालका एकात्मक राज्य सत्ताका नायकहरुलाई अनुदानको लोभ देखाएर आर्थिक, राजनीतिक र बौद्धिक रूपले अमेरिकी विचारको लगाम लगाउन एमसीसी आएको महासंघको ठहर छ ।– विज्ञप्तिमा भनिएको छ ।

सन् २०११ मै एमसीसी परियोजना प्रस्तावना भएको यद्यपी यो वर्तमान परिस्थिति अत्यन्तै संक्रमण कालमा यो परियोजना नेपालमा भित्राउने सरकारको तयारी प्रति आफैँमा शंकास्पद र संशयपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

पाँचवटा बुँदामा उल्लेखित विज्ञप्तिमा अध्यक्ष मुकारुङले एउटा बुँदामा उल्लेख गरेका छन, –‘नेपालको ऐतिहासिक पहिलो संविधानसभा निर्वाचनपछि उत्पीडित वर्ग, आदिवासी जनजातिहरुको जल, जमिन र जङ्गलमाथि दाबी गर्दै आन्दोलन गरिरहेका थिए । जुन आन्दोलन अहिले पनि जारी छ ।’ तर, राज्य पक्ष त्यो आन्दोलनको बेखर जस्तै बन्न खोजेकोमा महासंघले आपत्ति जनाएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;