क्यान्सर, मिर्गौला र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर, २५ भदौं । नेपाल सरकारले क्यान्सर, मिर्गौलाका गम्भीर बिरामी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

आज बसेको संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ सालको निर्वाचन अघि तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर, मिर्गौलाका गम्भीर रोगी र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई उनीहरुको जीविकोपार्जनमा थप मद्दत पुगोस् भनी मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

चुनावपछि आएको नेकपा ओली सरकारले त्यसलाई खारेज गरेको थियो । जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि हालसम्म भत्ता पाएका थिएनन् ।

त्यति बेलै स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारको निर्णयविरुद्ध सडकमा आन्दोलन समेत गरेको थियो । तर ओली सरकार चुप लागेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले पुनः तीन प्रकारका विरामीहरुलाई मासिक भत्ता दिने निर्णयलाई कार्यान्वयन गर्न अघि बढेका छन् । सरकारी तथ्यांकअनुसार देउवा सरकारको पूर्ववत निर्णयअनुसार निर्णय कार्यान्वयन भएमा मासिक करिव एक लाख बिरामीलाई भत्ता दिनु पर्नेछ ।

सम्बन्धित समाचार

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

;