एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पायो मान्यता

 लिम्बुवान न्युज
                       

विराटनगर। निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका १० सांसदले दल त्याग गर्दै अर्को पार्टी नेकपा एकीकृत समाजवादी पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।

आयोगका निर्णय अनुसार उनीहरुले गत भदौं २२ गते नै प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर नयाँ दलमा सनाखत गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ (२ क) बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।

आयोगका अनुसार अब प्रदेश नम्बर १ प्रदेशसभामा चौथो दलको रुपमा एकीकृत समाजवादी दलले मान्वयता पाएको छ । एमालेका पाँच प्रत्यक्ष र पाँच समाुनपातिक प्रदेश सदस्यहरुहरुले एकीकृत समाजवादी रोजेका छन् । सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

अब प्रदेश नम्बर १ मा एकपा एमालेको फुटसँगै वर्तमान मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;