लिम्बुवान मञ्च दमक ७ को अध्यक्षमा रविन राई निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २५ भदौं । संघीय लिम्बुवान मञ्च, दमक नगर समिति अन्तर्गत वडा नंं ७ को अधिवेशन सम्पन्न भएको छ । शुक्रबार आयोजित अधिवेशनबाट रविन राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा वडा नं. १ को श्रीपाली पुल दक्षिणमा वडा न.ं ७ को अधिवेशन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अधिवेशनले अध्यक्ष राईसँगै उपाध्यक्षमा दरबार सिं लिम्बु, सचिवमा पदम वेघा, सह–सचिवमा वीरबल पोमू, अर्थसचिवमा याम कुमारी लिम्बु,निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा दिप श्रीमत, सोनाम तामाङ्, कालुमान तामाङ्, गणेश बहादुर कमर, प्रेम न्यौपाने, दुर्गा घिमीरे, अमर माया लिम्बु, मिन कुमार तामाङ्, समिता पाठक, सविता लिम्बु, कमल भूजेल, कुमार रोक्का, रोसन सुन्दास, मिन बहादुर सुंगुर र मोहन योङहाङ रहेका छन् ।

त्यसैगरी आजै तीन सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । समितिको संयोजकमा अर्जुन फागो, सदस्यहरुमा जस बहादुर थेवे र श्याम भुजेल रहेका छन् ।

आज सम्पन्न वार्ड अधिवेशन कार्यक्रममा मञ्चका प्रान्तीय सचिव धनराज सुब्बा, पहिचान सदस्य मनकुमार थलङ्, जिल्ला सदस्य जयप्रकाश धिमाल, दमक नगर अध्यक्ष याम लिम्बु, ब.उपाध्यक्ष सन्त चेम्जोङ्, कमल अध्यक्ष अमर माबोहाङ, नगरउपाध्यक्ष पञ्चवीर राई त्यसैगरी वडा नं. १ का अध्यक्ष उदय तुम्रोक, ५ का समीर केरुङ् र ३ का राज सिसाम लिम्बुले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा नं. ७ का अध्यक्ष अर्जुन लिम्बुको अध्यक्षतामा भएको थियो त्यसैगरी स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्ले राखेका थिए भने कार्यक्रम संचालन नगर सचिव सुख बहादुर सोदेम्बाले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष रविन राईले आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्ने प्रतिबद्धता सहित मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...