नेपाली कांग्रेसले महाधिवेशन तालिका गर्‍यो संशोधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २५ भदौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार केही जिल्लाका वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।

नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले आज विज्ञप्ति प्रकाशन गर्दै २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको हुँदा महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको उल्लेख गरेका छन् । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै वडाअधिवेशन सम्पन्न भएको उल्लेख गरेका छन् ।

अब बाँकी २० जिल्लाको अधिवेशन क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ गते गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

यस्तै नयाँ कार्यतालिका अनुसार पालिका अधिवेशन अब असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसैगरी यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यस्तैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ ।

कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ सम्म तय भएको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;