‘युप्पारुङ्’ क्वालिटी इन्टरटेट्मेन्ट अवार्ड २०७८ को टप फाइभमा

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभमा मनोनयन भएको छ । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजित अवार्डमा “युप्पारुङ्” भिडियो उत्कृष्ट निर्देशनको मनोनयनमा परेको हो ।

भिडियोलाई निर्देशन गरेका निर्देशक सागर केरुङले उक्त मनोनयन पत्र पाएका हुन् । विशेष गरेर लिम्बु भाषा, साहित्य प्रति औधी रुचाउने केरुङ् पछिल्लो समयमा लिम्बु चलचित्र, लिम्बु गीत लगायत कलाकारितासँगै उत्कृष्ट निर्देशकको रुपमा दर्शक स्रोतहरुले मन पराएका छन् ।

प्रेम पन्धाकको शब्द÷संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ । चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता लिम्बू जबेगु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन भने सञ्जय आचार्यको छायांकन÷सम्पादन रहेको छ ।

क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङअनुसार आगामी असोज पहिलो साता अवार्ड समारोहको आयोजना हुने छ भने समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड र म्युजिक डायरी मासिक तथा ईम्युजिकडायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...