१७ प्रदेशसभा सदस्यले लोसपामा गरेको सनाखतलाई आयोगले दियो मान्यता

 लिम्बुवान न्युज
                       

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १७ प्रदेशसभा सदस्यले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

अध्यादेश अनुसार २२ दिन भित्र दल रोज्न दिइएको समय सिमामा १७ जना जसपा सदस्यहरुले लोसपा रोजेका हुन् ।

निर्वाचन आयोगमा लोसपाको पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाको प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको हो । अब उनीहरु नयाँ पार्टी लोसपाका प्रदेश सदस्य हुनेछन् ।

आयोगले दिएको जानकारी अनुसार प्रदेश २ बाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपामा सानखत गरेका छन् ।

आयोगका अनुसार जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूमा जितेन्द्र कुमार सोनार, जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, जयनुल राइन, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा र रानी कुमारी तिवारी रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा रोजेका छन् । उनको सनाखत पनि आयोगले अनुमोदन गरेको हुँदा उनी लोसपाका प्रदेश सदस्य बनेका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;