संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न एक युवक पक्राउ, आइतबार सार्वजनिक गरिने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ भदौं । संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा छिमेकी एक जना युवक पक्राउ परेका छन् । सोमबार एकैपरिवारका ६ जनाको हत्या गरेको आरोपमा आज (शनिबार) बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ति पक्राउ परेका युवक मृतक तेज बहादुर कार्कीको नातामा भतिजो पर्ने बुझिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसार पक्राउ परेका आरोपी कार्कीलाई आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ यद्यपी उनको पूरै परिचय भने खुलाएको छैन ।

आरोपी कार्कीको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि समेत खाइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शंकाको घेरामा थिए । साथै, उनको घरभित्र रगत लागेको सर्ट पनि भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अब आरोपी कार्कीले लगाएको सर्टको रगत र मृतकको डिएनए परीक्षणपछि मात्र आरोपीलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ । संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको हुँदा हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने बताए ।

प्रहरी स्रोतका अनुसार हत्यामा एक व्यक्तिको मात्रै संलग्नता पाइएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

छ दिन अघि गत सोमबार मादी–१ खोलगाउँका एकै परिवारका ६ जनाको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमान कार्कीका श्रीमर्ती ८४ वर्षीय पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी श्रीमती कमला कार्की, नातिनीबुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय पनाति विपिन कार्की र ५ वर्षीय पनातिनी गोमा कार्कीको हत्या भएको थियो ।

सम्बन्धित समाचार

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

;