शिवसताक्षी ११ मा लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स जिल्ला कमाण्डले शिवसताक्षी ११ मा वडा कमाण्ड गठन गरेको छ । मञ्चका प्रान्तीय सदस्य जसकुमार तामाङकाे प्रमुख आतिथ्यतामा वडा ११ स्थित विहानी प्रतिभा जमाको सभाहलमा कमाण्ड गठन भएको हो ।

शिवसताक्षी ११ वडाको प्राइमरी कमाण्डरमा सनम लिम्बु, सेल कमाण्डरमा पुरन लिम्बु र एल.भी.हरुमा कुमार श्रेष्ठ, आयुस लिम्बु, राजेश लिम्बु, निशान लिम्बु, सौगात लिम्बु, रोशन लिम्बु र अनिश मगर रहेका छन्

कार्यक्रमका प्रमुख अतिथि तामाङ्ले नव गठित वडा कमाण्डमा निर्वाचित सम्पूर्णलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छन् । त्यसैगरी कार्यक्रमका अतिथि लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फेले कमाण्डलाई आगामी दिन निरन्तर पहिचान र संघीयता रक्षाको लागि लड्न आग्रह गरेका छन् ।

कार्यक्रम झापा जिल्ला फिल्ड कमाण्डर जनम चेम्जोङ्को अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...