आज थारुहरुले अटवरी पर्व मनाउँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ भदौं । थारु समुदायले आज देशव्यापी रुपमा अटवारी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो बर्ष प्रदेशका सबै जिल्लामा बिदा दिएको थियो भने यो बर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको जनाएको छ ।

थारु समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भातृत्व कायम गर्ने पर्कका रुपमा मनाइन्छ । आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ । यसबाट दाजुभाइ तथा दिदीबहिनी बची स्नेह र ममता प्रगाढ हुने विश्वास थारु समुदायमा छ ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दाजुभाईलाई मन पर्ने खानेकुरा खुवाएरपछि चेलीहरुलाई उपहार दिने चलन रहेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...