संखुवासभा हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले गर्‍यो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ भदौं । संखुवासभा मादी १ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो ।

मृतकका नाताले भतिजो पर्ने २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले लामो अनुसन्धान गरेपछि अन्ततः मृतकका भतिजो नै दोषी ठहर गर्दै पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार लोकबहादुरले ठूलो बुबा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको गरेको स्वीकार गरेका छन् । आरोपी लोकबहादुरले हत्यामा चिरपर्टको प्रयोग गरेका थिए । चिर्पटले तेजबहादुरलाई पछाडिबाट टाउकामा हानेपछि उनको श्रीमती त्यछि बुहारी अनि नातिनी र नातीलाई हत्या गरेपछि अन्तिममा हजुरआमालाई हत्या गरेको स्वीकारेका हुन् । हजुरआमा बाहेक सबैलाई चिर्पटको मद्दतले हत्या गरेको हत्यारा लोकबहादुरले स्वीकार गरेका छन् ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...