इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो ।

परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । परीक्षा सञ्चालन शान्तिपूर्ण तवरमा भएको विभागले जनाएको छ ।

योग्यता पुरा गरेर प्रवेशपत्र लिनेमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना सहभागी भएको र ६९२ जना अनुपस्थित रहेको विभागले जनाएको छ ।

उत्तरपुस्तिका ओएमआर प्रविधिबाट जाँच भएको हुँदा समय नतिजा आउन समय नलाग्ने बताइएको छ । परीक्षाबाट १६८० जनाले अन्तर्वार्ता दिनेगरी भाषा परीक्षाको नतिजा प्रकाशन हुनेछ ।

अन्तरबार्ताबाट १४ सय जनालाई लिइने त्यसपछि कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ भने खानाको खर्च आफैंले गर्नुपर्ने बताइएको छ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । साथै इजरायल सरकारलाई बुझाउने पर्ने आयकर लगायतका कर पनि श्रमिक आफैले तिर्नुपर्ने हुन्छ ।

सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८’ जारी गरिसकेको छ । भिसाको शुल्क भने रोजगारदाताले तिर्ने बताइएको छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख भएको छ ।

इजरायल सरकारले यस अघि नै पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो । (अनलाइन बाट)

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;