लिम्बुवान मेचीनगर १२ संयोजकमा ललित तुम्रोक, असोज ८ गते वडा अधिवेशन हुँदै

,   लिम्बुवान न्युज
                       

मेचीनगर, २८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ नम्बर वडाको संयोजकमा ललित तुम्रोक चयन भएका छन् । सोमबार मेचीनगरको चारआलीमा भएको भेलाले तुम्रोकलाई संयोजकमा चयन गरेको हो ।

मञ्चका महासचिव यलम्बर खम्बूको उपस्थितिमा भएको भेलाले असोज ८ गते वडा अधिवेशन गर्ने निर्णय भएको प्रान्तीय सदस्य नन्दुभाई मेन्याङ्बोले बताए । उक्त भेलामा प्रान्तीय सदस्य अरूणा जवेगु, झापा जिल्ला सदस्य नरेन्द्र कङलिवा र क्षेत्र नं. १ का सदस्य माया इजम काम्बाङकाे उपस्थिति रहेकाे थियाे ।

यसैगरी वडाअधिवेशन सम्पन्न गर्न संयोजक तुम्रोकसँगै सदस्यहरुमा विवेक साँबा, अनुप दाहाल, विरेन्द्र ताम्लिङतु गोबिन्द आङ्बुहाङ, डम्बरहाङ जवेगु र रण बहादुर थाम्सुहाङ् सदस्य रहने गरी अधिवेशन तयारी समिति समेत गठन भएको मेन्याङ्बोलाई लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

वडामा तिब्र रुपले क्रियासिल सदस्यता वितरणसँगै टोलटोलमा प्रशिक्षण, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै आगामी अधिवेशन सम्पन्न गर्ने समेत तयारी भईरहेको मञ्चका झापा जिल्ला उपाध्यक्ष अमित खम्बूले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;