लिम्बुवान मञ्च सुनसरीले गर्‍यो क्रियासिल कार्ड वितरण शुरु

 लिम्बुवान न्युज
                       

धरान, २८ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, सुनसरी जिल्ला समितिले क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ ।

आज (सोमबार) जिल्ला कार्यालयमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष अमर इजमलाई कार्ड हस्तान्तरण गर्दै जिल्ला समितिले कार्ड वितरण शुभाराम्भ गरेको हो ।

क्रियासिल सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष गुरुङ्ले पार्टीलाई संस्थागत गर्ने मूल मन्त्रनै क्रियासिल कार्ड भएको हुँदा जिल्ला मातहत रहेका सबै समिति र स्थानीय तहमार्फत चाडोभन्दा चाडो वितरण गर्न आग्रह गरेका छन् । उनले अब केही महिना भित्र नै मञ्चको राष्ट्रिय महाधिवेशन गर्ने पर्ने त्यसपछि लगत्तै स्थानीय तहको निर्वाचनमा सरिक हुनु पर्ने भएको हुँदा मञ्चलाई शसक्त र मजबुद बनाउन क्रियासिल कार्यवितरणलाई प्रभावकारी ढंगबाट अघि बढाउन सुनसरी जिल्ला समितिलाई निर्देशन दिएका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका उपाध्यक्ष एवी पन्धाक, उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावती, प्रान्तीय सचिवहरु गजेन्द्रमान चोङबाङ्क्याक, भुपेन्द्र सुन्दर लावती, पूर्णकला तेयङ्, त्यसैगरी सचिवालय सदस्य तथा विद्यार्थी नेता सजन याक्खा, दलिम मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर लगायतका प्रान्तीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

आज जिल्ला कार्य समितिले पुरानो नविकरण र नयाँ क्रियासिल सदस्य गरी २५० को हाराहारीमा सदस्यतापत्र वितरण गरेको जिल्ला अध्यक्ष इजमले बताए । अब जिल्लाका सबै स्थानीय तह मार्फत वडा–वडा र टोल–टोलमा क्रियासिल सदस्यता वितरणलाई तिब्रता दिदैं आगामी दुई महिनाभित्रमा कम्तिमा १० हजार क्रियासिल सदस्यता पत्र जिल्लामा वितरण गर्ने याेजना रहेकाे अध्यक्ष इजमले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...