आज प्रतिनिधि सभाको बैठक बस्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २९ भदौं । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजेदेखि बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको अवस्थामा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका हुन् ।

सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक राखी छलफल अघि बढाएका थिए । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । सभामुखले कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन प्रमुख भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटालाई लगाएको छ । संसद बैठकमा एमालेले संसद अवरोध गरिरहेको छ ।

सरकारले एमालेको विरोधको बाबजुद नै गत शुक्रबार प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...