जनमुक्तिको छैटौं महाधिवेशनमा अध्यक्षमा सर्वसम्वतमा पुनः केपी पालुङ्वा

 लिम्बुवान न्युज
                       

धरान, २९ भदौं । सुनसरी धरानमा भएको राष्ट्रिय जनमुक्ति पार्टीको छैटौ महाधिवेशनको बन्दसत्रले सर्वसम्बत नेतृत्व चयन गरेको छ । मंगलबार छैठौं महाधिवेशनले पार्टीको संघीय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङवालाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । पार्टी स्थापना भएको ३० वर्षको ईतिहासमै पहिलो पटक सर्वसम्वत नेतृत्वमा संघीय अध्यक्षमा केपी पालुङवा चयन भएका हुन् ।

पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनको वन्दसत्रले सर्वसम्वत अध्यक्षमा पार्टीका निवर्तमान केपी पालुङवााई पुनः अध्यक्षमा सर्वसम्बत चयन गरेको हो । चार दिनसम्म संचालन भएको महाधिवेशनले पार्टीको संघीय समितिको कार्यकारी अध्यक्षमा पार्टीका निवर्तमान महासचिव केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई चयन गरिएको छ । संघीय समितिको उपाध्यक्षमा होमाया गुरुङ, बलदिप राई, भीमवहादुर राना, प्रकाश याङदेन, रविन्द्र उच्च नेपाली, हाँजी डा.मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी याले र मनीराम चौधरीलाई चयन गरिएको छ ।

यस्तै, पार्टीको महासचिवमा टोप अस्लामी, रामु परियार र पदम जवेगुलाई चयन गरिएको छ भने उप–महासचिवमा गंगा खासु र विष्णु थाम्देनलाई चयन गरिएको छ । नवनिर्वाचित संघीय समितिको सचिवमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङवुहाङ, मोजीव अली र ज्ञानवहादुर सलामी थापालाई चयन गरिएको छ । पार्टीको नवनिर्वाचित कोषाध्यक्षमा मानवहादुर राईलाई चयन गरिएको छ ।

जारी वन्दसत्रले संघीय समितिको सदस्यहरुमा राजकुमार मोक्तान तामाङ, मनकुमारी मगर, विमला गुरुङ, धनराज वि.क., मोहन प्रसाद तिमल्सीना, इन्द्र वहादुर आङदेम्वे, गोकर्ण राई लगायत गरी ३१ जनालाई सर्वसम्वत चयन गरिएको निवनिर्वाचित पार्टीका संघीय समितिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जानकारी दिएका छन् । पार्टीका नव–निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका आयुक्त देउवहादुर रानाले पद तथा गोपनियाताको सफत खुवाएका थिए ।

नयाँ संशोधित विधानअनुसार प्रतक्ष्य तर्फ संघीय सदस्यहरु खुला २२ जना र १२ जना महिला सहित जम्मा ५५ जना हाउसबाट निर्वाचित भएका छन् । मंगलवार विहान करिव ४ वजेसम्म चलेको बन्दसत्रबाट निर्वाचित संघीय समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना संघिय सदस्य मनोनयन गरी जम्मा ३१ जनाको संघिय समितिका पदाधिकारी र ५४ जना संघीय समितिको सदस्य गरी जम्मा ८५ सदस्यीय मुल संघीय समितिको निर्माण हुने राष्ट्रिय जनमुक्ति पार्टीका नवनिर्वाचित संघीय अध्यक्ष केपी पालुङवाले जनाएका छन् ।

वि.सं.२०५३ सालमा राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम ऐतिहाशिक राष्ट्रिय महाधिवेशन भए देखी पाँचौ राष्ट्रिय महाधिवेशनसम्म आईपुग्दा सर्वसम्वत रुपमा नेतृत्व चयन हुन कहिले पनि सकेको थिएन । पार्टीको नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय जनमुक्ति पार्टी सफल भएको भन्दै नव निर्वाचित अध्यक्ष केपी पालुङवाले निर्वाचन मण्डल, महाधिवेशनमा सहभागी सम्पुर्ण प्रतिनिधि, पर्यवेक्षकहरु, संचारकर्मीहरु, पार्टीका महाधिवेशन स्थल भन्दा वाहिर रहेर भुमिका निर्वाह गर्नु हुने शुभचिन्तकहरुलाई विशेष गरेर धन्यवाद दिएका छन् ।

उनले कोभिडको महामारीको समयमा पनि पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन सफल पार्न आर्थिक, भौतिक र नैतिक रुपमा पुर्व मेची देखी पश्चिम महाकालीबाट सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई पार्टीको तर्फबाट धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;