आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदै, कोरोना संक्रमितले भने पछि परीक्षा दिन पाउने व्यवस्था

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३० भदौं। राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बोर्डले सञ्चालन गर्ने परीक्षा विहान ११ बजे देखि शुरु हुने छ । परीक्षा आगामी असोज ८ गतेसम्ममा सक्ने बोर्डले जनाएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा स्थगित गरकेो थियो ।

पौने चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले देशव्यापी रुपमा होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

कोरोना संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने बोर्डले जनाएको हो ।

परीक्षा केन्द्रमा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाउन वोर्डले निर्देशन दिएको छ । माक्स, सेनिटाइर र भौतिक दुरी अनिवार्य कायम गरेर मात्र परीक्षा लिन भनेको हो ।

यसैगरी इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै प्रश्नपत्र पठाइने छ भने इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी बोर्डले गरेको छ ।

इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमाभने प्रश्नपत्र पठाइ सकिएको बोर्डले सूचना जारी गरेको छ ।

परीक्षा कार्यतालिका हेर्नुहोस्ः

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...