अधिकारी बाबुछोरीेद्वारा जन्मोत्सवमा कोषलाई सहयोग

,   लिम्बुवान न्युज
                       

विर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् ।

पूर्वाञ्चल दैनिकका कार्यकारी व्यवस्थापक समेत रहेका झापा अर्जुनधारा निवासी अधिकारी दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । छोरी अर्चना बिर्तामोड आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको अधिकारी बुबाछोरीले बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, वीरता जेसीजका अध्यक्ष राजीव धिमाल, महासचिव एलसी श्रेष्ठ, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार अधिकारीले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;