गृह मन्त्रालयले गर्‍यो १२ जना प्रमुख जिल्ला अधिकारीलाई काजमा सरुवा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३० भदौं । नेपाल सरकार गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई काजमा सरुवा गरेको जनाएको छ । आज (बुधबार) गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

आज गरिएका सरुवा अन्तर्गत ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा सहसचिव घनश्याम उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

यस्तैगरी गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुर जिल्लामा सरुवा भएकी छन् भने गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पठाईएको छ ।

मोरङ् जिल्लाका सीडीओ कोषहरी निरौलालाई मन्त्रालयमा सरुवा आएका छन् भने मोरङ्मा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

बाह्र मध्ये एक मात्र आदिवासी जनजाति सिडिओको रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवनमा सरुवा भएका छन् । उनले जिल्ला कमाण्ड सम्हालेको रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी मन्त्रालयले पठाएको छ ।

पूर्व प्रधानमन्त्री बाबुरामको जिल्ला गोरखामा शंकरहरि आचार्य सिडिओ बनेका छन् । त्यसैगरी रामेछाप जिल्लामा दीपककुमार पहाडी र पूर्वी पहाडि जिल्ला संखुवासभामा नुरहरि खतिवडाले प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी लिएका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी दोलखा जिल्ला सिडीओमा टेकराज निरौला नियुक्त भएका छन् भने दोलखामा कमाण्ड सम्हालि रहेका सिडिओ बासुदेव घिमिरेलाई भने मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तैगरी धादिङको सिडिओमा कृष्णप्रसाद लम्साल बनेका छन् भने उदयपुर जिल्लामा बाह्र मध्ये एकमात्र मधेशी मुलका सिडिओ बनेर वीरेन्द्रप्रसाद यादव जाने भएका छन् ।

मन्त्रालयद्वारा जारी विवरणः

 

 

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;