प्रेससंगठन माईपश्चिम संयोजकमा लामा

,   लिम्बुवान न्युज
                       

दमक । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । बिहीबार झापाको दमकमा आयोजित एक भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

त्यसैगरी नवगठित समितिको सह–संयोजकमा लोकनाथ रिजाल रहेका छन् । त्यस्तै, सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे, गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । संगठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिएका छन् ।

संगठनका प्रदेश नं. १ उपाध्यक्ष डण्डिराज घिमिरेले कार्यक्रमको औचित्य बारे प्रकाश पारेको उक्त भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको बताएको छ ।

अब संगठन वितास्तार अभियान अन्तर्गत मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रिय कमिटी गठन गर्ने सचिव पुरीले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;