द एभरेष्टको १०औं साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ३१ भदौं। झापाको दमक–६ मा मुख्य कार्यालय रही संचालनमा रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १०औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले प्रतिनिधिमूलक ढंगले आफ्नै भवनको सभाहलमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिएको जानकारी अनुसार साधारणसभा समापनका क्रममा संस्थाको अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदन र लेखा संयोजक राजकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरेको छ ।

अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन पेश गर्दै सहकारीले सदस्य केन्द्रित आर्थिक कारोवारसंगै सदस्यका सुविधाका लागि ३ लाखसम्मको दुर्घटना विमा, १८ प्रकारका घातक रोगहरुको उपचारमा सहयोग, प्राकृतिक प्रकोप राहत, सदस्यको मृत्युभए अन्त्येष्टि तथा काजकिरीया गर्न रु. २१ हजार आर्थिक सहयोग, ज्येष्ठ सम्मान, सदस्य परिवारका कक्षा १२ उत्तीर्ण जेहेन्दार विद्यार्थीलाई छात्रवृति लगायतका कार्यक्रम सञ्चालन हँुदैआएको जानकारी दिए ।
त्यसैगरी संस्थाले हाल झापाको केर्खा, विर्तामोड, सुरुङ्गा र बुधबारेमा सेवा केन्द्रहरु संचालन गरिरहेका बताएका छन् भने चालू आर्थिक वर्षमा दूधे, धुलाबारी र मोरङको उर्लाबारीमा पनि सेवा केन्द्रहरु विस्तार गर्ने गृहकार्य भईरहेको जनाए ।

साधारणसभा कार्यक्रमका प्रमुख दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङले दमकमा रहेको द एभरेष्ट सहकारी संस्थाले विधिसम्मत र व्यवस्थित ढंगबाट काम गरेकाले नै अहिलेको सफलता हासिल गरेको साथै आगामी दिनमा पनि सहकारीका नियम, सिद्धान्त र कार्यक्रमहरुलाई सफलतापूर्वक सञ्चालन गर्ने बताए ।

गत भदौ २८, २९ र ३० गते सबै सेवा केन्द्रका शेयर सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरी साधारणसभामा सहभागी गराएर सम्पन्न भएको संस्थाले जानकारी दिएको छ ।

साधारणसभा कार्यक्रममा संस्थाका सल्लाहकार समितिका संयोजक समेत रहेका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिना र सदस्य दुर्गाप्रसाद शिवाकोटी, सचिव ज्ञाननाथ पौडेल (ज्ञानु), कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालक सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सेवा केन्द्र इन्चार्ज धर्मानन्द भट्टराईले गरेका थिए ।

७२ करोड बराबरको कारोवार
कोरोना महामारीका बीच गएको वर्ष ७१ करोड ८१ लाख २२ हजार ६२४ रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, संस्थाको शेयर पुँजी ६ करोड ६५ लाख २२ हजार ४ सय, निक्षेप ५८ करोड ५९ लाख ४१ हजार ४३४ र ऋण लगानी ६० करोड ५१ लाख २५ हजार ६३ रहेको उल्लेख गरिएको छ ।यसैगरि संस्थाले सरकारलाई आयकरवापत ४ लाख ६६ हजार ९८ रुपैया बुझाउनुका साथै ७७ लाख ६६ हजार ३ सय ७ रुपैया खुद मुनाफा गरेको छ । संंस्थामा हाल ७ हजार ६ सय बढी शेयर सदस्यहरु रहेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...