प्याव्सनको दमक नगर अध्यक्षमा पुनः जनार्दन मैनाली

 लिम्बुवान न्युज
                       

दमक, ३१ भदौ/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याव्सन) दमक नगर समितिको अध्यक्षमा पुनः जनार्दन मैनाली निर्वाचित भएका छन् । निर्वाचित मैनाली तेश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन् ।

यस्तैगरी सर्वसम्मत रुपमा भएको समितिमा उपाध्यक्ष सन्तोष दाहाल, सचिव नविन योगी, कोषाध्यक्षमा सुर्यबहादुर कटवाल चुनिएकाछन् भने सदस्यहरुमा क्रमशः प्रविण पाठक, एजिला सिटौला र मित्र खत्री चयन भएका छन् ।

यसरी नै आगाभी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा प्रेम ओझा, समिर घिमिरे र डिल्ली न्यौपानेलाई चयन गरिएको जनाईएको छ । प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मैनालीले सबैले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्दै दमकमा प्याप्सनलाई अझ दर्बिलो र रचनात्मक बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...