लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा आजबाट क्रियासिल फाराम भर्न शुरु

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, ३१ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले आजबाट क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत मिक्लाजुङमा शुरु भएको हो ।

मञ्चका प्रान्तीय सचिवालय सदस्य रामचन्द्र थापा मगरले शुभारम्भ गर्दै मिक्लाजुङको सबै वडामा पुगेर फाराम भर्ने कार्यक्रम आज सार्वजनिक गरिएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको जन्मभूमि मिक्लाजुङले अब मञ्चलाई एकनम्बर पार्टी बनाउन सबैखाले नीति अवलम्बन गर्दै मोरङ कै एक नम्बर पालिका बनाउन मञ्चका सबै नेताहरु एकजुट भएर अघि बढ्ने मञ्चका नेता मगरले बताए ।

मञ्चका जिल्ला सचिवालय सदस्य मिक्सन मिभकले लिम्बुवानको लाल किल्ला मिक्लाजुङले आगामी पहिचानको यात्रालाई शसक्त रुपमा स्थापित गर्दै स्थानीय सरकारमा लिम्बुवानलाई स्थापित गराउने एउटै मात्र विकल्प भनेकै पार्टीको क्रियासिल सदस्यता वितरण भएको हुँदा अब शसक्त रुपमा कार्यक्रम अघि बढाईएको बताएका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका सचिवालय सदस्य हर्क लिङ्देन, प्रान्तीय सदस्य अर्जुन लिङ्देन त्यसैगरी लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर गणेश मिभक लगायत नेताहरुको उपस्थितिका क्रियासिल फाराम भर्न शुभारम्भ गरिएको मिक्लाजुङ् गाउँपालिका अध्यक्ष ओम चेम्जोङले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...