लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा आजबाट क्रियासिल फाराम भर्न शुरु

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, ३१ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले आजबाट क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत मिक्लाजुङमा शुरु भएको हो ।

मञ्चका प्रान्तीय सचिवालय सदस्य रामचन्द्र थापा मगरले शुभारम्भ गर्दै मिक्लाजुङको सबै वडामा पुगेर फाराम भर्ने कार्यक्रम आज सार्वजनिक गरिएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको जन्मभूमि मिक्लाजुङले अब मञ्चलाई एकनम्बर पार्टी बनाउन सबैखाले नीति अवलम्बन गर्दै मोरङ कै एक नम्बर पालिका बनाउन मञ्चका सबै नेताहरु एकजुट भएर अघि बढ्ने मञ्चका नेता मगरले बताए ।

मञ्चका जिल्ला सचिवालय सदस्य मिक्सन मिभकले लिम्बुवानको लाल किल्ला मिक्लाजुङले आगामी पहिचानको यात्रालाई शसक्त रुपमा स्थापित गर्दै स्थानीय सरकारमा लिम्बुवानलाई स्थापित गराउने एउटै मात्र विकल्प भनेकै पार्टीको क्रियासिल सदस्यता वितरण भएको हुँदा अब शसक्त रुपमा कार्यक्रम अघि बढाईएको बताएका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका सचिवालय सदस्य हर्क लिङ्देन, प्रान्तीय सदस्य अर्जुन लिङ्देन त्यसैगरी लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर गणेश मिभक लगायत नेताहरुको उपस्थितिका क्रियासिल फाराम भर्न शुभारम्भ गरिएको मिक्लाजुङ् गाउँपालिका अध्यक्ष ओम चेम्जोङले बताए ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;