कमलमा १ अर्ब लगानीमा बन्ने भयो ५ सय शय्याको अस्पताल

 लिम्बुवान न्युज
                       

दमक, १ असोज । दमक नगरसँग रतुवा खोलाले सिमाना छुट्याएको पूर्वी भू–भाग कमल गाउँपालिकामा अस्पताल बन्ने भएको छ । अबको १ बर्षभित्रका ५ सय शय्याको निर्माण हुन लागेको हो ।

कमल लगायत गौरादह, गौरीगञ्च, चुलाचुली लगायत छिमेकी स्थानीय तहका नागरिकलाई लक्षित गर्दै सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले बताएका छन् ।

वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् । एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म पु¥याउँछौं ।”

अस्पतालको भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा एक अर्बभन्दा बढी खर्च हुने जनाउँदै उनले भवन निर्माणको ठेक्का सम्झौता भइसकेको र कुमारी बैंकको वित्तीय सहयोगसमेत लिएर निर्माण सुरु गरिने बताए । थापाले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको जनााउँदै भने, “झापाको यो मध्य भागमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किएर हामी यो अभियानमा जुटेका हौँ ।”

अस्पतालबाट झापालगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मोरङका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । रवि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोड पुग्नुभन्दा नजिक हुने अध्यक्ष थापाको भनाइ छ । विपन्न र असहायलाई समेत सहजरूपमा उपचार गर्ने अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गराउने लक्ष्य रहेको सुनाउँदै उनले उपचार गर्न नसक्ने विपन्न एवं असहाय वर्गका लागि सक्दो सहुलियत दिने सेवाभावले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए ।

अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै स्थापना हुँदै गरेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दो र ठूलो अस्पताल बनाउने आफूहरूको योजना रहेको अर्का सञ्चालक प्रताप कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;