दमक स्रष्टा छापाखानाले मनायो विश्वकर्मा पूजा

,   लिम्बुवान न्युज
                       

दमक, १ असोज । करिब दुई दशक देखि दमकमा स्थापित दमक स्रष्टा छापाखानाले आज विश्वकर्मा पूजा मनाएको छ । २०५८ सालमा दमक ८ मा यो छापाखाना स्थापना भएको थियो । हाल दमक ६ मा रहेको यो छापाखाना दमक कै नमूना छापाखाना पनि हो ।

भूटान सरकारबाट खेदिएका नेपाली भाषी मध्येका एक याम थुलुङ् दमकका चिरपरिचित व्यक्तित्व हुन् । विशेष गरेर साहित्यमा बढी समय व्यतित गर्नुहुने थुलुङ्ले यो पेशा अंगाल्नु भएको पनि दुई दशक पार गरिसकेका छन् । सामान्य स्कृन प्रिन्टबाट शुरु भएको दमक स्रष्टामा हाल करिब १ करोड लगानी भई सकेको थुलुङ् बताउँछन् ।

विभिन्न आरोह अवरोहहरुसँग खेल्दै जुध्दै यहाँसम्म आइ पुगेका थुलुङ्को छापाखानामा झापा, मोरङ्, इलाम र पाँचथरबाट प्रकाशन गर्न आउने गरेको उनी बताउँछन् । एक दर्जन युवाहरुलाई रोजगारी दिईरहेका थुलुङ्ले असोज १ गते मनाईने विश्व कर्मपुजाका दिन सदाको बर्ष झै यो बर्ष पनि दमक स्रष्टा छापाखानाले धुमधाम मनाएको छ ।

हसिलो मुहारका मेहनेती थुलुङ्को व्यवसायिक यात्रा निरन्तर अघि बढोस् शुभकामना ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;