चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ असोज । चीनबाट नेपाल सरकारले थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार खोप दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

बिहीबार निगमको वाइडबडी–३३० जहाज खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट ६० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ यद्यपी पछिल्लो समय खरिद गरिएको १६ लाख डोज खोप मात्र आएको थियो ।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखाले जनाए अनुसार हालसम्म नेपालमा एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिएको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको विवरण छ ।

अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन सरकारले चीनसँग छलफल चलाईरहेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...