चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ असोज । चीनबाट नेपाल सरकारले थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार खोप दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

बिहीबार निगमको वाइडबडी–३३० जहाज खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट ६० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ यद्यपी पछिल्लो समय खरिद गरिएको १६ लाख डोज खोप मात्र आएको थियो ।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखाले जनाए अनुसार हालसम्म नेपालमा एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिएको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको विवरण छ ।

अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन सरकारले चीनसँग छलफल चलाईरहेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

नेकपा एकीकृत समाजवादीले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज

  काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ । एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै...

चीनबाट थप १० लाख डोज भेरोसेल खोप आइपुग्यो

फाइल तस्वीरः लिम्बुवानखबर, १० कार्तिक । चीनबाट कोभ्याक्स सुविधा अन्तर्गतको कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका अनुसार १० लाख २० हजार मात्र खोप नेपाल आइपुगेको हो ।...

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा

लिम्बुवानखबर, १० कार्तिक । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको...

गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ गीतको म्यूजिक भिडियो छायाँङकन

लिम्बुवानखबर, पान्थर संवाददाता । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाङकन सम्पन्न भएको छ । पाँचथरको विभिन्न रमणिय स्थलहरुमा उक्त गीतको म्यूजिक भिडियो छायाङकन गरिएको हो । पाँचथरका बहुप्रतिभाका धनी सागर केरुङले...