लिम्बुवान मञ्च शिवसताक्षीले असोज २३ मा नगर अधिवेशन गर्दै, शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षीले नगर अधिवेशनको तयारी सुरु गरेको छ ।

शनिबार मञ्चको नगर कार्यालयमा पत्रकार सम्मेलन गरी सबै वडाहरुको सम्मेलन सम्पन्न गरी आगामी असोज २३ गते शिवसताक्षीको नगर सम्मेलन सम्पन्न गर्ने नगर समितिले जनाएको छ ।

जसअनुसार शिवसताक्षी वडा नं. ११ को असोज ६ गते, वडा नं. १० को असोज ७ गते, वडा नं. ९ को असोज ८ गते, वडा नं. ८ को असोज ९ गते, वडा नं. ७ को असोज ११ गते, वडा नं. ६ को असोज १२ गते, वडा नं. ५ को असोज १३ गते, वडा नं. ३ को असोज १४ गते, वडा नं. २ को असोज १५ गते र वडा नं. १ को असोज १६ गते सम्मेलन गर्ने मञ्चका शिवसताक्षी अध्यक्ष प्रकाश लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी वडा नं. ४ मा भने सबै वडा अधिवेशन सम्पन्न भएपछि उपयुक्त समय मिलाएर समिति गठन गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका संघीय सदस्य भीम सुनुवारले पार्टीको वैचारिक सिद्धान्त अनुसार पार्टीमा ऐक्यवद्धता जाहेर गर्नुपर्ने बताएका छन् । त्यस्तै पार्टीका झापा जिल्ला अध्यक्षले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै पार्टी अहिले आन्तरिक रणनीतिमा लागेकोले पार्टीको बाहिरी गतिविधि सञ्चार माध्यममा आउन नसकेको बताएका छन् । उनले पार्टीको दस्तावेज विज्ञान सम्मत् भएकाले कार्यकर्ताले पार्टीको दस्तावेज जनतालाई बुझाउन नसक्दा पार्टी सुस्त देखिएको स्वीकारेका छन् ।

पत्रकार सम्मेलनमा नगर सचिव प्रताप निङ्लेखूले सम्भव भएजति आफ्नो पकड भएको वडामा राजनीतिक समीकरण गरी स्थानीय चुनावमा पार्टीको प्रतिनिधित्व जनाउने बताएका छन् ।

हाल शिवसताक्षीमा ३ सय क्रियाशील सदस्य रहेकोमा अब अधिवेशन पछि यो संख्या १५ सय पु¥याउने अध्यक्ष लिङ्देनले बताए ।

यसैगरी झापा जिल्लामा हाल ६ हजार क्रियासिल सदस्य रहेकोमा जिल्ला अधिवेशन अघि १५ हजार क्रियासिल सदस्यता वितरण गरिने झापा जिल्ला अध्यक्ष पन्धाकले बताएका छन् ।

शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन

शिवसताक्षी ७ मा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन भएको छ । शनिबार ईश्वर सम्बाहाम्फेको कमाण्डमा प्राइमरी कमाण्ड गठन भएको हो ।

संघीय सदस्य एवम् शिवसताक्षी नगर समितिका अध्यक्ष प्रकाश लिङदेनको प्रमुख आतिथ्यतामा भएको उक्त गठन कार्यक्रमबाट सेल कमाण्डरमा राजकुमार चेम्जोङ् त्यसैगरी एल.भी.हरु योगेन्द्र सेर्मा, सुवास सेर्मा, प्रदिप माङलाक, जीवन प्रधान, गजेन्द्र मगर, दिपेन सेर्मा, रविन सेर्मा, दानेन्द्र चेम्जोङ्, रितेस मगर, इन्द्र लिम्बु, सुरेश सेर्मा र राकेश सेर्मा रहेका छन् ।

उक्त गठन कार्यक्रम केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपकमाण्डर बसन्तराज सुब्बा, फिल्ड कमाण्डर जनम चेम्जोङ्, शिवसताक्षी वडा नं. ८ का सचिव गोविन्द कुरुम्बाङ, त्यसैगरी सामाजिक व्यक्तित्व विरेन्द्र याक्थुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...