लिम्बुवान मञ्च शिवसताक्षीले असोज २३ मा नगर अधिवेशन गर्दै, शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षीले नगर अधिवेशनको तयारी सुरु गरेको छ ।

शनिबार मञ्चको नगर कार्यालयमा पत्रकार सम्मेलन गरी सबै वडाहरुको सम्मेलन सम्पन्न गरी आगामी असोज २३ गते शिवसताक्षीको नगर सम्मेलन सम्पन्न गर्ने नगर समितिले जनाएको छ ।

जसअनुसार शिवसताक्षी वडा नं. ११ को असोज ६ गते, वडा नं. १० को असोज ७ गते, वडा नं. ९ को असोज ८ गते, वडा नं. ८ को असोज ९ गते, वडा नं. ७ को असोज ११ गते, वडा नं. ६ को असोज १२ गते, वडा नं. ५ को असोज १३ गते, वडा नं. ३ को असोज १४ गते, वडा नं. २ को असोज १५ गते र वडा नं. १ को असोज १६ गते सम्मेलन गर्ने मञ्चका शिवसताक्षी अध्यक्ष प्रकाश लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी वडा नं. ४ मा भने सबै वडा अधिवेशन सम्पन्न भएपछि उपयुक्त समय मिलाएर समिति गठन गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका संघीय सदस्य भीम सुनुवारले पार्टीको वैचारिक सिद्धान्त अनुसार पार्टीमा ऐक्यवद्धता जाहेर गर्नुपर्ने बताएका छन् । त्यस्तै पार्टीका झापा जिल्ला अध्यक्षले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै पार्टी अहिले आन्तरिक रणनीतिमा लागेकोले पार्टीको बाहिरी गतिविधि सञ्चार माध्यममा आउन नसकेको बताएका छन् । उनले पार्टीको दस्तावेज विज्ञान सम्मत् भएकाले कार्यकर्ताले पार्टीको दस्तावेज जनतालाई बुझाउन नसक्दा पार्टी सुस्त देखिएको स्वीकारेका छन् ।

पत्रकार सम्मेलनमा नगर सचिव प्रताप निङ्लेखूले सम्भव भएजति आफ्नो पकड भएको वडामा राजनीतिक समीकरण गरी स्थानीय चुनावमा पार्टीको प्रतिनिधित्व जनाउने बताएका छन् ।

हाल शिवसताक्षीमा ३ सय क्रियाशील सदस्य रहेकोमा अब अधिवेशन पछि यो संख्या १५ सय पु¥याउने अध्यक्ष लिङ्देनले बताए ।

यसैगरी झापा जिल्लामा हाल ६ हजार क्रियासिल सदस्य रहेकोमा जिल्ला अधिवेशन अघि १५ हजार क्रियासिल सदस्यता वितरण गरिने झापा जिल्ला अध्यक्ष पन्धाकले बताएका छन् ।

शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन

शिवसताक्षी ७ मा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन भएको छ । शनिबार ईश्वर सम्बाहाम्फेको कमाण्डमा प्राइमरी कमाण्ड गठन भएको हो ।

संघीय सदस्य एवम् शिवसताक्षी नगर समितिका अध्यक्ष प्रकाश लिङदेनको प्रमुख आतिथ्यतामा भएको उक्त गठन कार्यक्रमबाट सेल कमाण्डरमा राजकुमार चेम्जोङ् त्यसैगरी एल.भी.हरु योगेन्द्र सेर्मा, सुवास सेर्मा, प्रदिप माङलाक, जीवन प्रधान, गजेन्द्र मगर, दिपेन सेर्मा, रविन सेर्मा, दानेन्द्र चेम्जोङ्, रितेस मगर, इन्द्र लिम्बु, सुरेश सेर्मा र राकेश सेर्मा रहेका छन् ।

उक्त गठन कार्यक्रम केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपकमाण्डर बसन्तराज सुब्बा, फिल्ड कमाण्डर जनम चेम्जोङ्, शिवसताक्षी वडा नं. ८ का सचिव गोविन्द कुरुम्बाङ, त्यसैगरी सामाजिक व्यक्तित्व विरेन्द्र याक्थुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;