विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

बेलबारी, २ असोज । मोरङको बेलाबारीमा आयोजित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको आयोजनामा भएको पार्टी प्रवेश तथा क्रियासिल वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा बेलबारीको वेतना सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव लावतीले मञ्चको राजनैतिक दस्तावेज पहिचान सहितको संघीयता र संविधान पुर्नलेखन गर्दै १०+१ प्रान्त स्थापनाको मूल मुद्दालाई आगामी दिनमा शसक्त ढंगबाट स्थापित गर्नुपर्ने बताए । मञ्च भनेको नेपालको एक मात्र पहिचानवादी पार्टी हो । विशुद्ध नेपालको माटोमा जन्मिएको, हुर्दिदै शिशु पार गर्दै बामे सरेर यहाँसम्म आईपुगेको पार्टीले एक दिन नेपालका एकात्मकवादी पार्टीहरुलाई पत्ता साफ गर्ने उपमहासचिव लावतीले बताए ।

संविधान दिवसलाई कालो दिन मान्दै आएको मञ्चले संविधानमा भएका असंवैधानिक प्रावधानहरु तुरुन्त पुर्नलेखन गर्नुपर्ने उनले बताए । यदि यसो नगरिएमा आदिवासी जनजाति, मधेशी, मुश्लिम, दलित, थारु, खस, अल्पश्यक समुदाय र महिलाको हकअधिकार कहिल्यै सुनिश्चित नहुने जिकीर गरे ।

कार्यक्रममा मञ्चका पहिचान सचिव सदस्य बम बहादुर मेन्याङ्बो, जिल्ला अध्यक्ष दिलु लिङदेन, बरिष्ठ उपाध्यक्ष जीवन खेवा, सचिवालय सदस्य रामकुमारी लिम्बुले मन्तव्य राखेका थिए ।

नेकपा एमाले, कांग्रेस, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी लिम्बुवान मञ्चमा प्रवेश गर्नुहुनेहरुमा छत्र लिम्बु, दल बहादुर लिम्बु, राधा लिम्बु, राजेश चोङबाङ् लिम्बु, निमा राई श्रेष्ठ, दिलकुमारी तोलाङगी, विष्णु लिम्बु, विजय खुदाङ, सन कुमारी लिम्बु, राजु कार्की, सुदन यादव, बहादुर तामाङ्, देवकी योङहाङ, तुलसा कन्दङ्वा, टेकबहादुर लिम्बु र गणेश लिम्बु रहेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि लावतीले खादा ओडाई सम्मान गरेका थिए ।

आजको कार्यक्रममा मञ्चले बेलबारीका ३ सय भन्दा धेरैलाई क्रियासिल सदस्य वितरण गरेको जिल्ला अध्यक्ष लिङदेनले बताएकी छिन् । आगामी असोज १६ गतेको पाँचौ जिल्ला अधिवेशनलाई लक्षित गर्दै मञ्चको मोरङ् समितिले क्रियासिल वितरणलाई तिब्रता दिएको जनाएको छ ।

लिम्बुवान मञ्च, बेलबारी अध्यक्ष जिवेन्द्र चोङबाङ् लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य राम खुदाङले राखेका थिए भने कार्यक्रम संचालन मोरङ् जिल्ला सचिव बरुण लाबुङले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;