क्यान्सर पिढीत सलिनाद्वारा सहयोगको अपिल

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, ३ असोज । मोरङको मिक्लाजुङ ३ निवासी सलिना सम्बाहाम्फे लिम्बुले उपचारको लागि अपिल गरेकी छिन् । प्रसादसिंह सम्बाहाम्फे र कृष्णकुमारी लिम्बुकी ३१ बर्षिया कलिलो उमेरमै पाठेघर क्यान्सरबाट पिढीत सम्बाहाम्फेले आर्थिक अभावका कारण सहयोगको अपिल गरेकी हुन् ।

बिगत १ बर्ष देखि क्यान्सर जस्तो प्राणघात रोगसँग लडिरहेकी लिम्बुको हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्दी, ललितपुरमा उपचार भईरहेको बुबा प्रसादसिंहले बताए ।

बुबाका अनुसार छोरीको उपचारमा भएको जायजेथा गरी करिब ८ लाखको हाराहारीमा खर्च भईसकेको बताए । थप १३ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरुले भनेपछि सहयोगको अपिल गरिएको बुबा बताउँछन् । सामान्य किसान परिवारका प्रसादसिंहले भने कलिलै उमेरमा छोरीलाई क्यान्सर हुनुले आर्थिक अवस्था नाजुक भएको कारण छोरीको उपचारमा थप समस्या पर्ने भएको हुँदा सबै आफन्त एवम् समाजसेवीह र प्रवासमा रहेकाहरु माझ सहयोगको अपिल गर्न बाध्य भएको बताए ।

जिवनमा केही गर्ने सपना बोकेकी सलिना आफ्नो स्वास्थ्य यस्तो भएपछि सहयोगको अपिल गर्नु भएको अर्को विकल्प नभएको वताउँछिन् । आफू चाँडै निको हुने प्रतिबद्धताका साथ रोगसँग लडिरहेकी सलिनालाई सेवा नै धर्म हो भनी सहयोगी भावना भएकाहरुलाई सहयोग मागेकि छन् ।

सहयोग गर्नका लागि विरामी सलिना सुब्बा नामको ग्लोबल आईएमई बैंक गोंगबु शाखा काठमाडौंको खाता नम्बर ३५०७०१०२५१८४६ मा पैसा जम्मा गर्नुसक्नु हुनेछ । अथवा मोवाईल नम्बर ९८१९३८८९७० मा विरामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ । अथवा विरामीका आफन्त समीर सुब्बाको मोवाईल नम्बर ९८१७०५४२०९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...