नेपालको संविधान “हात्ती आयो हात्ती आयो फुस्सा”

,   लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

नेपालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन २०४६ को फागुन ७ गते बाट सुरु भई चैत्र २६ गते सम्म चलेको थियो र बृहत आन्दोलनपश्चात नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यवस्थाको घोषणा गरिएको थियो । नेपालमा पटक पटक व्यवस्था परिवर्तनको लागि संघर्षको घोषणा गर्ने गरिएको छ । २०४६ सालको आन्दोलनको मुख्य एजेण्डा पनि एउटा व्यावस्थाको अन्त्य गरी अर्को व्यावस्थाका को ग्यारेन्टी गर्नु थियो । नेपालको आमूल परिवर्तनको लागि यो नै पहिलो जनआन्दोलनको घोषणा गरिएको थियो । २००७ सालको आन्दोलन जहानिया राणा शासन अन्त्यको लागि थियो भने ४६ सालको आन्दोलन व्यवस्था परिवर्तनको लागि उदघोष गरिएको थियो ।

जनताको बलिदानीपूर्ण सहभागिता पश्चात् देशमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यावस्थाा को स्थापना भयो । दलीय व्यावस्था अनुसारै राजा र राजनैतिक दल को पूर्ण सहभागितामा नेपालको संविधान २०४७ जारी भयो । प्रजातान्त्रिक संविधान २०४७ अनुसार नेपालमा संसदीय व्यावस्था अनुसारै संसद्को निर्वाचन हुने र निर्वाचित संसद बाट सरकार गठन हुने व्यावस्था भयो।यही संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संरचना तयार भयो । प्रतिनिधि सभाको काम सरकार बनाउने र गिराउने मा नै केन्द्रित रह्यो परिणामस्वरूप ०४७ सालको संविधान र संसदीय व्यावस्था धरापमा पर्यो।

समय, परिस्थिति र विकसित बदलिँदो घटनाक्रम अनुसार ०४७ सालको संविधान र संसदीय व्यावस्था ले देशका अधिकांस जातजाति, भाषाभाषी, लिंग, वर्ग, संस्कृति र सम्प्रदायको प्रतिनिधित्व गर्न नसकेको र राष्ट्रिय विकासको मूलधारबाट आदिबासी, जनजाति, मधेसी, मुसलमान, अल्पसंख्यक जाती, दलित, उत्पीडीत र गरीबलाई विमुख पारेकोले पुन समग्र आमूल परिवर्तनको लागि जन विद्रोह सुरु भयो । जन विद्रोहले जन क्रान्तिको रूप धारणा गर्यो र परिणामस्वरूप तेस्रो जनआन्दोलन ०६२÷०६३ को जन्म भयो । लामो जन विद्रोह पश्चात नेपाली राजनैतिक दल, विद्रोही पक्ष र सरकार बीच बृहत शान्ति सम्झौता सम्पन्न भयो ।

बृहत शान्ति सम्झौतालाई टेकेर नयाँ संविधानको निर्माण गर्न संविधान सभाको निर्वाचन सम्पन्न भयो । संविधान सभाबाट नेपालको संघीय गणतन्त्रको प्रत्याभूति हुने गरी नेपालको संविधान २०७२ त जारी भयो तर यस संविधानले पनि नेपालका अधिकांश जनजाति, आदिबासी, मधेसी, दलित र उत्पीडीत जातिको प्रतिनिधित्व गर्न नसकेको र संविधान देशको मुलकानुन बन्नुको साटो हुनेखाने हरुको लागि मात्र यो संविधान सार्थक बनेको र हुँदा खानेहरुको लागि निरर्थक रहेको भनी फेरि विद्रोह र विमतिको आवाज उठिनै रहेको छ । पटक पटकको संविधान निर्माणको भुमरीमा घुमिरहेको नेपालको संविधान निर्माण प्रक्रिया प्रतिको विमति र विद्रोहको आवाज परालको आगो झैं भित्र भित्रै सल्किरहेको छ । विद्रोह र विमतिको “राग”लाई सहमति र अर्थपूर्ण सहभागिताको “साथ”ले निभाउनु अती जरुरी छ । जबसम्म देशका सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायले राष्ट्रको संविधानलाई हृदयबाटै अपनत्व ग्रहण गर्दैनन् वा ग्रहण हुने वातावरण सृजना गराइदैन तब सम्म देशमा स्थाइ शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सकिने अवस्था रहँदैन ।

आज असोज ३ गते नेपालको संविधान ०७२ जारी गरेको दिन । राष्ट्रले आजको दिनलाई संविधान दिवस को रुपमा मनाई रहेको छ भने यो संविधानले आफ्ना माग, अधिकार र सहभागिताको सुनिश्चितता नगरेको भनी विभिन्न जातजाति, भाषाभाषी र आदिवासीले आजको दिनलाई कालो दिनको रुपमा लिइरहेको अवस्था छ । संविधान हुनेखानेहरु लागि मात्र सार्थक भएकोले हुदाखानेहरू को लागि निरर्थक भएको छ।त्यसैले विसौनिको जिब्रो पडकाउनु भन्दा धार्नीको टाउको हल्लाउनु नै बेस भने जस्तै नेपालको संविधान सर्वसाधारणहरुको लागि छ कि छैन भनी टाउको हल्लाउनु सिवाय रत्ती छैन् । त्यसैले नेपालको संविधान “हात्ती आयो हात्ती आयो फुस्सा” जस्तै भएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;