किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

 लिम्बुवान न्युज
                       

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ ।

राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा यस वर्ष किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले वितरण गरेको मानपदवी, अलंकार र विभूषण वितरणका लागि नेपाल सरकारले गत भदौ २९ गते सिफारिस गरे अनुसार धर्मगुरु आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।

वि.स. २०११ साल मंसिर १८ गते इलामको इभाङमा जन्मिनुभएका किरात धर्मगुरु आत्मानन्द सेइङले किरात धर्म, भाषा, लिपि, साहित्य, संस्कार तथा संस्कृतिको उत्थान र संरक्षण गर्दै समाज सुधारको लागि गर्नुभएको त्याग र तपस्या किरात जातीहरुको निम्ति ठूलो त्याग भएको हुँदा गुरुज्यूको सम्मानमा सरकारले सम्मान गरेको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगीमले सामाजिक संजालमा उल्लेख गरेका छन् । सरकारले धर्मगुरु सेइङको आध्यात्मिक मार्गबाट सत्य, अहिंसा, विश्व शान्ति र मानव एकताको लागि गर्नुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै प्रसिद्ध प्रवल जनसेवाश्रीबाट सम्मानित हुनुभएकोमा किरातधर्मावलम्बीहरु हर्ष विभोर भएको उनले बताएका छन् ।

सरकारले संविधान दिवसका विभिन्न व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरेको छ । मानपदवी, अलंकार र विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्नु हुनेछ ।

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...