प्रेस संगठन नेपाल मोरङको प्रथम भेला पथरीमा सम्पन्न

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला आइतबार पथरीमा सम्पन्न भएको छ । संगठनको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भेला भएको हो ।

उक्त भेलाले आगामी तीन महिनाभित्र प्रेस संगठन नेपाल मोरङ्गको जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी ३ सदस्य रहेको अधिवेशन आयोजक समिति गठन गरेको छ ।

पत्रकार अर्जुन आचार्यको संयोजकत्वमा नवीन कर्ण र सरोज बस्नेत सदस्य रहेको अधिवेशन समिति चयन गरेको हो । यस भेलाले ३५ सदस्यीय उक्त जिल्ला भेला आयोजक समिति पनि गठन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सभाका सदस्य समेत रहेका नेकपा(माओवादी) केन्द्रका नेता गोपी बहादुर अछामीले जनताको आर्थिक तथा सामाजिक अवस्था रुपान्तरण गर्नु नेकपा माओवादीको मुल लक्ष्य रहेको भन्दै जनक्रान्तिको विरुद्धका जुनसुकै राजनैतिक गतिविधिका विपक्षमा सशक्त रूपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

अझै पनि प्रतिक्रान्तिका अवशेषहरु रहेको भन्दै पार्टीले लिएको कार्य दिशालाई अगाडि बढाउदै लैजान समेत नेता अछामीले निर्देश गरेका छन् ।

मोरङ जिल्लाका जम्मा ६ वटै निर्वाचन क्षेत्रभित्रका १७ वटै स्थानीय तहहरूमा माओवादी जनयुद्को भावना र मर्मलाई आत्मसात् गर्न र मुलुकको आमुल परिवर्तन गर्नका लागि सञ्चार जगतमा श्रमजीवी पत्रकारहरु सशक्त रूपमा लाग्नुपर्ने औंल्याईएको थिए ।

उक्त भेलामा संविधान सभाका सदस्यदय लाल बहादुर मगर तथा दिनानाथ तिम्सिना, प्रदेश नं १ का सासंद कुशल लिम्बू, प्रेस संगठन नेपाल मोरङ संयोजक गणेश उप्रेती, पत्रकार महासंघ प्रदेश १ का महासचिव तथा तथा प्रदेश नं १ का संयोजक विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...