प्रेस संगठन नेपाल मोरङको प्रथम भेला पथरीमा सम्पन्न

,   लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला आइतबार पथरीमा सम्पन्न भएको छ । संगठनको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भेला भएको हो ।

उक्त भेलाले आगामी तीन महिनाभित्र प्रेस संगठन नेपाल मोरङ्गको जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी ३ सदस्य रहेको अधिवेशन आयोजक समिति गठन गरेको छ ।

पत्रकार अर्जुन आचार्यको संयोजकत्वमा नवीन कर्ण र सरोज बस्नेत सदस्य रहेको अधिवेशन समिति चयन गरेको हो । यस भेलाले ३५ सदस्यीय उक्त जिल्ला भेला आयोजक समिति पनि गठन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सभाका सदस्य समेत रहेका नेकपा(माओवादी) केन्द्रका नेता गोपी बहादुर अछामीले जनताको आर्थिक तथा सामाजिक अवस्था रुपान्तरण गर्नु नेकपा माओवादीको मुल लक्ष्य रहेको भन्दै जनक्रान्तिको विरुद्धका जुनसुकै राजनैतिक गतिविधिका विपक्षमा सशक्त रूपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

अझै पनि प्रतिक्रान्तिका अवशेषहरु रहेको भन्दै पार्टीले लिएको कार्य दिशालाई अगाडि बढाउदै लैजान समेत नेता अछामीले निर्देश गरेका छन् ।

मोरङ जिल्लाका जम्मा ६ वटै निर्वाचन क्षेत्रभित्रका १७ वटै स्थानीय तहहरूमा माओवादी जनयुद्को भावना र मर्मलाई आत्मसात् गर्न र मुलुकको आमुल परिवर्तन गर्नका लागि सञ्चार जगतमा श्रमजीवी पत्रकारहरु सशक्त रूपमा लाग्नुपर्ने औंल्याईएको थिए ।

उक्त भेलामा संविधान सभाका सदस्यदय लाल बहादुर मगर तथा दिनानाथ तिम्सिना, प्रदेश नं १ का सासंद कुशल लिम्बू, प्रेस संगठन नेपाल मोरङ संयोजक गणेश उप्रेती, पत्रकार महासंघ प्रदेश १ का महासचिव तथा तथा प्रदेश नं १ का संयोजक विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;