“२०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्दैनौं” – ज्ञानुहाङ् इम्बुङ्

 लिम्बुवान न्युज
                       

कमल, ३ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले २०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्न नसकिने बताएका छन् । आइतबार कमलको केर्खा बजारमा आयोजित बिरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष इम्बुङ्ले सो कुरा बताएका हुन् ।

नेपालको संविधानले यहाँका सबै आदिवासी जनजाति, मधेशी, मुश्लिम, दलित, खस, अल्पसंख्यक, पिछडा वर्ग लगायत महिलालाई समेट्न नसकेको बताउँदै उपाध्यक्ष इम्बुङ्ले जारी संविधान पुनःलेखन गरिने पर्ने बताए । संविधानको धारा २७४ जबसम्म खारेज गरिदैन् तबसम्म यो संविधान मान्नुको कुनै अर्थ नरहेको जिकीर गरे ।

देशको मूल कानून संविधान १३६ जातीको मूल मर्म र भावना विपरित बनेको हुँदा पुनःसंसोधन गरिएमात्र नेपाली जनताले मान्ने बताउँदै उपाध्यक्ष इम्बुङ्ले भने विगत ६ बर्ष देखि नै मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मान्दै आएको बताए ।

बिरोधसभा कार्यक्रममा मञ्चका महासचिव यलम्बर खम्बू, उपमहासचिव दिलकुमार लावती, केन्द्रीय नेताहरु विष्णुराज तुम्बापो (सन्ताेष), बलनाथ नाल्बो, सुर्य योक्पाङ्देन, मनकुमार थलङ्, प्रकाश नेम्बाङ्, साजन मोते, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक, त्यसैगरी लिम्बुवान भोलेन्टिर्यसका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे, उपकमाण्डर बसन्तराज सुब्बा, जिल्ला सचिव राज अाङ्थुपाे, सचिवालय सदस्य नरेन्द्र लावती लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले पनि धरानमा असोज ३ लाई कालो दिनको रुपमा मान्दै बिरोध प्रदर्शन गरेको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले संविधानले सबै नेपालीलाई समेट्न नसकेको भन्दै बिरोध जनाएको बताए ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष एवी पन्धाक, प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावती लागत केन्द्र, जिल्ला र नगर समितिका नेताहरुको सहभागीता रहेको जिल्ला अध्यक्ष इजमले बताए ।

त्यसैगरी लिम्बुवान मञ्चले मोरङ्को मिक्लाजुङ्मा पनि कालो झण्डा गाडेर कालो दिन मनाएको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर गणेश मिभकले जनाएका छन् । यसैगरी जिल्ला सचिवालय सदस्य मिक्सेन मिभक लिम्बुले अपूर्ण संविधान संघीयता विरोधी संविधान भएको हुँदा यो विभेदकारी संविधानको विरुद्ध मञ्च उभिएको प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;