चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

 लिम्बुवान न्युज
                       

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचितः नरवीर आङ्वो

गत शनिबार बिहान सुरु भएर आइतबार मध्यरातसम्म चलेको चुम्लुङ यूकेको दसौँ महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । विधानअनुसार चुम्लुङको पदािधकारीहरू महाधिवेशनबाट र केन्द्रीय सदस्यहरू शाखा अधिवेशनबाट पठाइएपछि अनुमोदन गरिन्छ । चुम्लुङ यूकेमा १६ शाखाहरू रहेका कारण केन्द्रीय समितिको आकार २७ सदस्यीय रहनेछ ।

यसअघि उपाध्यक्षका रूपमा काम गरेका आङ्वोले अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपाध्यक्ष दुर्गा पाङ्मा र ग्रेटर लन्डन सिनियरका निवर्तमान शाखा अध्यक्ष पूर्ण बोखिमलाई भारी मतले पराजित गरेका थिए । मतदानमा कुल ५८१ मत खसेको थियो । जसमध्ये चार मत बदर भएका थिए । विजयी रहेका आङ्वोले ३५० मत प्राप्त गरेका थिए । प्रारम्भमा पाँच जनाले सर्वोच्च पदका लागि दाबेदारी दिए पनि अर्का प्रत्यासी नर थाम्सुहाङले मतदान हुनुअघि उम्मेदवारी फिर्ता लिएका थिए ।

दसौँ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु

चार उपाध्यक्ष पदका लागि पनि आठ जनाले प्रतिस्पर्धा गरेका थिए । भारी मत पाएर अमृता पालुङ्वा, खगेन्द्र लाओती र सन्त हुक्पा चोङवाङ विजयी रहे । निवर्तमान महासचिव गणेश इजम र यदुचन्द्र लाओतीको मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल सम्हाल्ने गरी उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा छत्र वनेम, विजय लिङ्थेप र धन काम्वाङ पनि प्रतिस्पर्धामा थिए ।

त्यसैगरी, महासचिवमा जुरेन्द्र खजुम निर्वाचित भए । सचिव पदमा भने तारा कन्दङ्वा निर्वाचित भएका थिए । सहसचिवमा पुनः दोस्रो कार्यकालका लागि सानु सब्बाले जिम्मेवारी पाएकि छन्् । कोषाध्यक्षमा भने दीपेन्द्र यक्सो र सहकोषाध्यक्ष पदमा जीवन प्यारा मादेन र नरप्रसाद सवेन्हिम यसअघि नै निर्विरोध रुपम निर्वाचित भइसकेको नव निर्वाचित उपाध्यक्ष यदुचन्द्र लावतीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...