दमकको अनलाइन कम्प्यूटर नयाँ आउटलेटबाट शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, ५ असोज । दमक चौंकस्थित एसएन मार्केटमा रहेको दमककै पूरानो अनलाइन कम्प्यूटरले नयाँँ व्यवस्थापनका साथ आफनो व्यवसाय विस्तार गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अनलाइनले सुविधासम्पन्न व्यवस्थापनका साथ व्यवसायिक कारोवार सञ्चालनमा ल्याएको हो ।

नयाँ आउट लेटको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको सञ्चालक सुरज धिमालले वताए । आउट लेटसहितको शुभारम्भ सञ्चालक सुरजका पिता गणेश बहादुरले रिवन काटेर उद्घाटन गरे ।

साइवर क्याफेबाट व्यवसायिक शुरुवात गरेका धिमालले विश्व वजारमा पाइने सवै किसिमका कम्प्यूटर, ल्यापटप लगायतको सुविधा पुरयाँउन आफूहरु प्रतिवद्ध भएको वताए ।

नयाँ आउटलेट शुभारम्भको अवसर पारेर अनलाइनले एक साता लामो एक्सचेन्जसहित नयाँ ल्यापटप ,कम्प्यूटर खरिदमा छुट तथा आर्कषक उपहार सुविधा राखिएको सञ्चालक धिमालले जानकारी दिए । त्यस अवसरमा दमक जेसीजका अध्यक्ष सुयोग खरेल, सञ्चारकर्मी, व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...